बेल्जियममा “हाम्रो क्लब”को तिहार भेटघाट कार्यक्रम सम्पन्न

गत २७ अक्टोबरमा “हाम्रो क्लब” को आयोजनामा ब्रुजमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै तिहार भेटघाट तथा शुभ- कामना आदान प्रदान र देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ  ।

Hamro club programबेलुकी ७ बजेबाट सुरुभएको उक्त प्रोग्राम सस्थाका सदस्यहरुद्वय सामना राउत तथा सनोज रिजालले सन्चालन गरेका थिए।

hamro clubआगन्तुकहरुलाई स्वागत पेय पदार्थ र स्न्याक्स ले स्वागत गरेको यस कार्यक्रममा तिहारको सेलरोटी सहितको खाजा र हाम्रो क्लबको दिदीबहिनीहरुले तैयार पारेको तिहारको स्पेसल मसला “तिहार गिफ्ट” सबैलाई बाँडिएको थियो।

ब्रुजमा रहेका बिभिन्न नेपाली संस्थाका प्रतिनिधीहरु , बुद्दिजिवीहरु , समाजसेवीहरु र युवायुवतीहरुको यस कार्यक्रममा उपस्थिती थियो।

यस सस्था “हाम्रो क्लब” ले यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने र यस कार्यक्रमबाट संकलन भएको रकम स्थानिय महिला तथा दिदीबहिनीहरुको आबश्यकता परिपुर्ति गर्न यसै संस्था मार्फत पहल गर्ने संस्थाका अध्यक्ष रमेश कंडेलले हामीलाई जानकारि दिनुभएको छ।

hamro club program2