बेल्जियममा साँग्रीलाको आठौँ हाजिरी-जवाफ प्रतियोगिता हुँदै

साँग्रीला समाज बेल्जियमले स्थापना दिवसको अवसरमा हरेक वर्ष संचालन गर्दै आईरहेको खुला हाजिरी-जवाफ प्रतियोगिता हरेक वर्ष झैं यस पटक पनि आयोजना गर्ने भएको छ। समाजद्वारा आयोजित यो आठौँ हाजिरी-जवाफ प्रतियोगिता हो|
बेल्जियमको लुभेनमा Goudsbloemstraat-28, Ons Huis हलमा २०१३ अक्टोबर ६ आईतवारका दिन आयोजना गरिने खुला हाजिरी जवाफ प्रतियोगितामा सहभागी टिमका लागि प्रवेश शुल्क ३० युरो रहेको छ । प्रतियोगितामा प्रथम,द्विप्तिय र तृतिय हुनेलाई क्रमश:५००,३०० र २०० युरो सहित आकर्षक पुरस्कार समेत प्रदान गरिने छ। कार्यक्रममा दर्शकको लागि पनि पुरस्कार रहेको छ| दर्शकको लागि सोधिने प्रश्नहरुमा सवैभन्दा बढी उत्तर मिलाउने एक दर्शकलाई २५ युरो पुरस्कार प्रदान गरिने भएको छ|
sangrila quizप्रत्यक टिममा ३ जनासम्म सहभागी हुनसक्ने छन तर १६ बर्ष भन्दा कम उमेरको प्रतियोगीलाई प्रतियोगितामा भाग लिन दिईने छैन । दिनको ठीक १२ बजे शुरु हुने उक्त प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगिले यहि सेप्टेम्बर ३० सम्म टिम दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ताको लागि समाजको ईमेल shangrilasamaj@hotmail.com मा सम्पर्क गर्न सकिनेछ |