बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

khanफ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए । उनले प्रवासमा राजनीतिको चर्चा भन्दा पनि नेपालको समृद्वीमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने कुरा तर्फ ध्यान केन्द्रित गर्न सल्लाह दिए ।

कार्यक्रममा नेपाली दूतावास ब्रसेल्सका कार्यवाहक राजदूत घनश्याम भण्डारीले दूतावास र नेपाली समुदायले नेपालको विकास र उन्नतिको पक्षमा मिलेर काम गर्दै आइरहेको जानकारी गराए ।

कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपाली समुदायको चिन्ता नेपालको उन्नतिमा रहेको बताउदै एनआरएन प्रवासमा रहेका नेपालीहरुको हितका साथै नेपालको समृद्वीमा टेवा पुर्याउने कार्यमा सक्रिय रहेको बताए।

त्यसै गरि कार्यक्रममा जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, प्रवासी नेपाली मंचका बोधराज पौडेल, युरोप काग्रेसका बलिराम झाले नेपालको राजनीति प्रति चासो व्यक्त गरेका थिए ।

विहिवार साझ सम्पन्न कार्यक्रमको संचालन संघका सचिव गोविन्दसिंह अधिकारीले गरेका थिए भने कोषाध्यक्ष आंगमाया लामाले स्वागत गरेकी थिइन्  । कार्यक्रममा चितवन सहायता समाजका अध्यक्ष दिनेश भण्डारी, राप्रपा प्रवासी संगठनका कार्यवाहक अध्यक्ष दीपेन्द्र केसी, नेपाली काग्रेस महासमिति सदस्य सीता सापकोटा, तरुण दल बेल्जियमका अध्यक्ष प्रदीप घिमिरे, लुम्बिनी कपिलबस्तु अभियानका दामोदर आचार्य,एनआरएन बेल्जियम आइसीसी सदस्य जानकी गुरुङ, व्यावसायी संघ बेल्जियमका उपाध्यक्ष राजु घिमिरे, पर्वत समाजका अध्यक्ष केदार जोशी, संघिय समाजका लोक राना मगरका साथै नेदरल्याण्डसबाट पर्यटनदूत शशी पौडेल लागायत थुप्रै नेपालीहरुको सहभागिता रहेको थियो ।