बेल्जियममा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना

बेल्जियमका नेपालीहरु बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। ईन्द्र धनुष क्लव, युरो स्पोर्टस क्लव र हाम्रो क्लव बेल्जियमको आयोजनामा प्रतियोगिता आउदो जुलाई २४ आइतवार बेल्जियमको लुभेन शहरमा सम्पन्न हुदैछ । बेल्जियमका नेपालीहरु बीच आपसी मेलमिलापका साथै मनोरञ्जनको लागी आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ७०० र ५०० नगद सहित ट्रफी प्रदान गरिने भएको छ।

अभिभावक फूटवल प्रतियोगिता भएकोले ३० वर्ष माथिका मात्र प्रतियोगितामा सहभागि हुन् पाउने छन । प्रतियोगिता ७ ए साइडका आधारमा खेलाइने भएको छ। प्रतियोगीको लागी १५० शुल्क रहेको छ भने जुन ३० सम्म आफ्नो टिम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएका छन ।football