बेल्जियममा महाकविको सम्झना

नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानको चर्चा गर्दै बेल्जियममा रहेका श्रष्टाहरुले महाकविको १०६ औ जन्म जयन्तिको मनाएका छन्| अन्तराष्ट्रिय नेपाली साहित्य समाज वेल्जियमले आईतवार बेल्जियमको लुभेनमा आयोजना गरेको कार्यक्रममा श्रष्टाहरुले महाकविको जीवनी तथा साहित्यिक योगदानको चर्चा गरे |debakota

कार्यक्रममा स्रष्टाहरु दीपेन्द्र केसी,राजकुमार पुडासैनी,दीपकज्योति पौडेल,बिष्णु सापकोटा,यामु निरौला,सौरभ करन्जित, बोधराज पौडेल,रामहरी शास्त्री र सूर्य ढकालले आ-आफ्ना रचना वाचन गरेका थिए| श्रष्टा बिमल गीरी र नारायण अधिकारीबाट प्राप्त रचना माधब सापकोटा र बिष्णु सापकोटाले वाचन गरेका थिए |debakota1

समाजका अध्यक्ष दीपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन परमानन्द सापकोटाले गरेका थिए|