बेल्जियम नेपाल चेम्बर अफ कमर्स गठन

nepal1बेल्जियममा रहेका नेपाली उद्यमी ब्यबसायीहरुको हक हित प्रवर्द्वन गर्दै दुई देश बिचको आपसी सम्वन्ध र सहकार्यलाई मजबुत बनाउने उद्देश्यले बेल्जियमस्थित नेपाली उद्यमी ब्यबसायीहरुले बेल्जियन ब्यबसायीहरुसँग मिलेर ‘बेल्जियम नेपाल चेम्बर अफ कमर्स’ गठन गरेका छन|

शुक्रवार बेल्जियमको ब्रसेल्समा सम्पन्न ब्यबसायीहरुको भेलाले बेल्जियमका लागी नेपाली अवैतनिक कन्सुलर रोजर द ग्रुनको अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण भएको छ | समितिका अन्य पदाधिकारीहरुमा हेनरी माईले र युबराज गुरुङ उपाध्यक्षद्वय छन् भने ओम शर्मा महासचिब, क्रिष्टोफ डे मिस्टर कोषाध्यक्ष, हरी थपलिया, चेतप्रसाद भट्ट, जानकी गुरुङ, गुय माहियु, कृष्ण खतिवडा र किसन पोखरेल सदस्य रहेका छन् |nepal2

कार्यक्रममा बेनेलक्स तथा ईयुका लागी नेपाली रादजूत राममणि पोखरेलले नेपाल र बेल्जियम बिचको   आपसी सम्वन्धको चर्चा गर्दै च्याम्बर अफ कमर्सको गठनले ब्याबसायिक सम्वन्धको साथै नेपाल ब्यापार प्रबर्द्वनको क्षेत्रमा मद्दत पुग्ने बिश्वास व्यक्त गरे|उनले नेपालको कृषि,पर्यटन,जलश्रोत
पूर्वाधार लगायतका क्षेत्रमा लगानीका प्रशस्त संभावना र लगानी गर्ने उपयुक्त अवसर भएको जानकारी गराउदै लगानीको लागि आव्हान गरेका थिए|यसै गरी अध्यक्ष ग्रुनले बेल्जियममा स्थापित ब्यबसायिक संगठनको बारेमा जानकारी गराउदै गठित चेम्वर अफ कमर्स नेपाल र बेल्जियम बीच ब्यापारिक सम्वन्धलाई बिस्तार गर्नमा सहयोगी हुने आशा व्यक्त गरे |

नेपाल र बेल्जियम बीच कुटनैतिक सम्वन्ध स्थापित भएको ५० बर्षको अवसरमा चेम्वर अफ कमर्सको गठन भएको छ|यसै गरी बेल्जियममा रहेका नेपालीको हक हितको साथै नेपालको आर्थिक समृद्वी र नेपाल पर्यटन प्रवर्द्धनको लागी सात बर्ष अगाडी नेपाली ब्यबसायी संघ बेल्जियमको स्थापना भएको थियो |सन् २००९ मा बेल्जियममा विधिवत दर्ता भएको संघले यसै बर्ष नेपाल उधोग बाणिज्य महासंघको बैदेशिक शाखाको मान्यता समेत प्रदान गरेको थियो|संघले नेपाली ब्यबसायीहरुलाई ब्यबसाय सम्वन्धि विभिन्न तालिम र सेमिनारहरुको समेत आयोजना गर्दै आईरहेको छ|

गत बर्ष बेल्जियमको गेन्टमा सम्पन्न ५६ औ अन्तर्राष्ट्रिय ट्रेड फेयर(आसेन्ता) मा नेपाल कन्ट्री गेष्ट अफ अनरको रुपमा छनौट हुनुमा नेपाली दूतावास बेल्जियम, नेपाल उधोग बाणिज्य महासंघ सगै नेपाली ब्यबसायी संघ बेल्जियमले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो|