बेल्जियममा  पेन्सनको नयाँ नियममा के छ ?

हामी सबैलार्इ सर्बबिदितै छ कि २०१४ मा नयाँ समिकरणको सरकार बनेपछि बेल्जियममा  पेन्सन पाक्न थप २ वर्ष काम गर्नुपर्ने भएको छ |  अबदेखि ६५ बर्ष नभएर ६७ बर्ष पुगेको छ | के मानिस ६७ बर्षसम्म काम गर्नका लागि शारीरिक तथा मानसिक  रुपमा सक्षम होलान त ? ठुलो प्रश्न चिन्ह खडा भएको छ | हुन त यूरोपका अरु मुलुकहरुमा पनि पेन्सनको उमेर ६७ नभएको होइन | त्यस्तै पेन्सन पाकेर पनि काम गर्न चाहनेहरु पनि नभएका होइनन्, तर  धेरै मान्छेहरु यो उमेरमा आराम गर्न चाहन्छन, अथवा कम काम गर्न चाहन्छन् या काम नगरिकन बस्न चाहन्छन् | हेरौं, के-कस्तो उपाय छ बेल्जियममा ५० बर्षपछि कम काम गर्ने अथवा काम नगरी बस्ने:
आफ्नो जीवनकालको ५० वा ५५  बसन्त पार भैसकेपछि दुइ किसिमले काम कम गर्न मिल्छ-
१) आधा काम (हप्तामा साढे २ दिन अथवा हप्तामा साढे २० घण्टा)
२) हप्तामा ४ दिन (३२ घण्टा) मात्रै काम गर्ने :
  – महिनामा १ हप्ता एकै पटक पुरा पेन्सन
  – बर्षमा ३ महिना पुरा पेन्सन (अरु बिदा बाहेक)
  – हप्तामा ३२ घण्टा
pension office belgium
के हो ५० र ५५ बर्ष र २८ बर्ष ?
-एउटा साधारण कामदार र अफिसमा काम गर्ने मान्छे  ५५ बर्ष भएपछी
-गारो काम अनि शिफ्ट (कहिले बिहान कहिले बेलुका गर्नुपर्ने काम) गर्ने मान्छेको ५० बर्ष भएपछी र
-आफुले काम गरेको २८ बर्ष भएपछि,
जोसुकै पनि आफुले पाउने छुट्टी बाहेक, हप्तामा साढे २ दिन अथवा हप्तामा साढे २० घण्टा वा हप्तामा ४ दिन अथवा ३२ घण्टा मात्रै काम गर्न सक्छ. यसको मतलब एकदिनको पैसा सरकारको रोजगार कार्यालय RVA(Rijksdienst voor Arbeidsvoorziening) ब्यहोर्छ|
२ बर्ष अघि लिखित निबेदन
काम कमाउन चाहनेहरुले आफु जहिलेदेखि घर बस्नेहो त्यसको  ठिक २ बर्ष अगाडीनै आफुले काम गर्ने ठाउँमा लिखित रुपमा निबेदन पेश गर्नुपर्छ र त्यसपछि चाहिने कागत जुटाउने र सम्बन्धित ठाउमा पुर्याउने काम भने साहुले गर्छ |
कम काम गर्न कति काम गरेको हुनुपर्ने
आधा (हप्तामा शाधे २ दिन अथवा हप्तामा शाधे २० घण्टा) काम गर्ने हो भने निबेदन दिने समय सम्ममा  पूरा कामको तिन चौथाई (३/४) काम गरेको हुनुपर्छ.  जो हप्तामा ४ दिन (३२ घण्टा) मात्रै काम गर्ने अथवा महिनामा १ हप्ता एकै पटक पुरा पेन्सन वा बर्षमा ३ महिना पुरा पेन्सन (अरु बिदा बाहेक) कम काम गर्न चाहन्छ उसले पुरा गर्नुपर्ने कामको ४/५ काम गरेको हुनुपर्छ|
पुरा कामदारको ५% मात्रै पेन्सनमा बस्न पाउने
जो ५५ पुग्छ काम काम गर्ने अधिकार हुन्छ तर एउटा कम्पनिको ५% कामदार मात्रै वर्षमा पेन्सनमा जना पाउछ | जस्तै १०० कर्मचारी भएको ठाउमा एकबर्षमा ६ जना पेन्सनमा जना पाउदैन, मात्रै ५ जना पाउछ |
 कति हो एक महिना पेन्सन बसेको रकम
१) हप्तामा ४ दिन (३२ घण्टा) मात्रै काम गर्ने अथवा महिनामा १ हप्ता एकै पटक पुरा पेन्सन वा बर्षमा ३ महिना पुरा पेन्सन (अरु बिदा बाहेक)
– एक्लै हो भने महिनाको आफ्नो तलब बाहेक, १७४.५५ यूरो (कर काटेर)
– एक्लै हो र बच्चाहरु संग महिनाको आफ्नो तलब बाहेक २२२.४८ यूरो (कर काटेर)
– जोडी संगै भए आफ्नो तलब बाहेक, १४४,६४  यूरो (अर्को जोडीको कमाइ छ भने)
 
२)आधा (हप्तामा साढे २ दिन अथवा हप्तामा साढे २० घण्टा) काम
– एक्लै हो भने महिनाको आफ्नो तलब बाहेक, ३९६,९१ यूरो (कर काटेर)
– जोडी संगै भए आफ्नो तलब बाहेक, ३११,३९ यूरो (अर्को जोडीको कमाइ छ भने)
तर ५० र ५१ बर्षमै काम कम गर्ने हो भने केहि कम भुक्तानी पाउछ .
यसरि कम काम गर्ने अनुमति माग्दा र अनुमति मागेको दिनदेखि साउले कामदारलाई अत्यन्तै नराम्रो काम, जस्तै चोरि चाकरीको बाहेक अन्य अवस्थामा कामबाट निकाल्न पाउदैन|
राष्ट्रिय रोजगार कार्यालय का अनुसार गत अक्टोबर २०१४ मा ७६८४० जना मान्छेले आधा काम र २५५४० जनाले एक दिन कम कामको लागि निबेदन दिए|
– हरी कृष्ण श्रेष्ठ
गोकर्ण, काठमाण्डु ।
हाल- बेल्जियम, ब्रसेल्स