बेल्जियममा पहिलो पटक पप कन्सर्टको आयोजना

बेल्जियमका नेपालीहरुले पहिलो पटक पप कन्सर्टको आयोजना गरेका छन्|कार्यक्रम लुभेनस्थित ओन्स हाउसमा यहि ६ सेप्टेम्बरमा हुने भएको छ|कार्यक्रमको लागि नेपाली सांगेतिक क्षेत्रमा पप सम्राटको नामले चिनिने प्रसिद्व गायक ओमबिक्रम बिष्ट बेल्जियम आएका छन|om bikram bishtha.jpg 1.JPG

नेपाली गीत संगीत भने पछी हुरुक्कै हुने बेल्जियमका नेपाली माझ बिष्टले आफ्ना ‘याद गर ति दिनहरु…..’ ‘म मौनतामा अल्झिरहेको एउटा जीवन…’ ‘बितेको जीवन मेरो शिशिरको रुख जस्तो …’ ‘यसरी नै सारा जीवन….’,‘न भनि देउ…..’,’आवज देउ….’सुनचांदी भन्दा…’जस्ता बहुचर्चित १६ वटा गीत गाउने भएका छन |भारत,अमेरिका.जापान बेलायत,हंगकंग,कोरिया,मलेसिया, अष्ट्रेलिया जस्ता थुप्रै देशहरुमा आयोजना गरेका कन्सर्टहरुमा गीत गएका  बिष्टको बेलायत पछिको युरोपमा यो दोश्रो कार्यक्रम हो|

नेपालमा पप गीत गाउने र पप गीतलाई प्रवेश गराउने ओम बिक्रम बिस्टले १० बर्षको उमेरमा नैगाउँ,टोल र इन्द्रचोकको डबलिमा  पप गीत गएर आफ्नो सांगेतिक यात्राको शुरुवात गरेका थिए भने १३ बर्षको उम्मेरमा बिद्यालय स्तर संगीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी स्व.राजा महेन्द्रबाट पुरस्कारपाएका थिए|

तत्पश्चात बि.स २०२८ सालमा रेडियो प्रतियोगितामा पप गीत”बितेको जीवन मेरो….” भन्ने गीतबाट आफ्नो लक्ष्यको बाटो सम्हालेँ भने दोश्रो गीत “म मौनतामा….” र “याद गर ती दिनहरु….”गाए  जसले उनलाई जिवन्त बनायो |२०३७ सालमा रेडियो नेपालबाट आयोजित शुभकामना गीत प्रतियोगितामा पनि उनि प्रथम भए |उनले २०५५ मा राष्ट्रिय प्रतिभा पुरष्कार र छिन्नलता पुरष्कार,३ पटक जीवनकाल पुरस्कार, सहश्राब्दी पुरस्कार ,नेपाल प्रतिभा पुरस्कारका साथै मिलिनियम अवार्ड समेत पाएका छन |बि.स २०११ मा काठमाडौं टुंडिखेलमा आयोजित एक कार्यक्रममा सुक्मित गुरुङ संगै उनलाई पप सम्राटको उपाधिले सम्मान गरीयो |

नेपाली चलचित्रमा पप गीत गाउने उनि पहिलो गायक हुन् |उनले चलचित्र ‘के घर के डेरा’मा ‘को हो त्यो…’बोलको पहिलो पप गीत गएका थिए | चार दशक देखि सांगेतिक यात्रामा रहेकाबिष्टले हाल सम्म ४०० भन्दा बढी गीत गाईसकेका छन्|

उनले दुइ महिना अगाडी अमेरिकामा भएको कन्सर्टमा आफ्ना पुराना सर्बाधिक लोकप्रिय तथा नयाँ गीत गएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए| उनि बेल्जियम सगै अन्य युरोपियन देशहरुमा आयोजना गरीएका कन्सर्टहरुमा समेत आफ्नो प्रस्तुति प्रस्तुत गरी अक्टोवरमा नेपाल फर्किदै छन्|

कार्यक्रमको संयोजन भने सुष्मा श्री थापा, भाष्कर बस्नेत र यशोदा थापाले गरेका छन|बेलुका ठिक ८ बजे बाट शुरु गरीने कार्यक्रमको प्रवेश शुल्क १५ रहेको छ|