बेल्जियममा नेपाल संवत मनाइयो

1बेल्जियममा नेपाल संवत ११३७ एंव म्ह पूजा संस्कृतिक कार्यक्रमका साथ मनाइयो । बेल्जियमको अन्त्वेर्पेंनमा गत साता पासापुँच वेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा गायक स॔जिव प्रधान र गायिका नलिना चित्रकारकाले सांगीतिक प्रस्तुति दिएका थिए । कलाकार द्वयलाई स्थानीय कलाकारहरुले नेवारी र नेपाली गीतनृत्यले सघाएका थिए ।3

भिम (रोशन) जोशीको सभापतित्व र बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सूर्यनारायण श्रेष्ठले संचालन गरेका कार्यक्रममा विराट जोशीले अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा नेपालबाट आएका विशिष्ट अतिथि डा.सुमन ताम्राकार, संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, भूपू अध्यक्ष एंव एनआरएनए महिला उप संयोजक रजनी प्रधान, भूपु कार्यवाहक अध्यक्ष योगेन्द्र श्रेष्ठ,एनआरएनए सचिव अर्जुन श्रेष्ठ, एनआरएनए महिला संयोजक सपिला राजभण्डारी, एनआरएन वेल्जियमका अध्यक्ष गंगाधर गौतम, पर्यटनदुत शिवकुमार वरूवाल, कार्यक्रम संयोजक विराट जोशी, नेवारि खाना पुस्तक प्रकाशन संयोजक चिनियालाल दुवाल र वेल्जियम स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।2

कार्यक्रममा राजदूत लोकबहादुर थापाले नेवारी खाना समबन्धि किताब बिमोचन गरेका थिए ।त्यसै गरि  डा सुमन ताम्राकारले नेवारी खाना सम्बन्धि किताबको वारेमा बताएका थिए । अर्का अतिथि  एनआरएनए वेल्जियमका अध्यक्ष गंगाधर गौतमले शुभकामना दिएका थिए । कार्यक्रममा अध्यक्ष भिम जोशी, संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, भूतपूर्व अध्यक्ष रजनी प्रधान, संयोजक विराट जोशी र एनआरएनए महिला संयोजक सपिला राजभण्डारीबाट अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।4

कार्यक्रममा झन्डै ३०० जनाको सहभागिता रहेको थियो।