बेल्जियममा नेपाल महोत्सव शुरु, वीर गोर्खाजप्रति सम्मान अर्पण (फोटो फिचर)

बेल्जियमको साउथ फोंतिनमा चार दिने नेपाल महोत्सव विहिवार देखि शुरु भएको छ| महोत्सवमा नेपाली उत्पादित बस्तुहरुको प्रदर्शनीको साथै नेपाली खानाहरुको पनि बिक्रि वितरण गरीएको छ| कार्यक्रममा मनोरंजनको लागी बेलायतबाट पन्चेबाजा टोलि समेत मगाईएको छ  भने स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति प्रदर्शन गरेका छन् |

महोत्सवमा नेपालको रागीनी आर्ट भिलेजका चित्रहरु प्रदर्शनीमा आकर्षणका केन्द्र बनेका छन |नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नेपाली प्रसिद्ध चित्रकार रागीनी उपाध्याय स्वंय महोत्सव लागी  बेल्जियम आएकी छिन| बेल्जियम नेपाल फ्रेन्डशिप एसोसिएसन द्वारा आयोजित ‘सानो नेपाल ‘ नामक चार दिने नेपाल महोत्सव स्थलमा एनआरएन बेल्जियमले  दुई दिने नेपाल महोत्सवको आयोजना गरेको हो |

युरोपियन युनियन तथा बेनेलक्सका लागी नेपाली राजदूत राममणि पोखरेलले शनिवार  एनआरएन बेल्जियमद्वारा आयोजना गरेको नेपाल महोत्सव २०१४ को उद्वघाटन गरेका थिए| कार्यक्रममा साउथ फोंतिन नगरपालिकाका मेयर सहित थुप्रै बेल्जियन र नेपालीहरु उपस्थित थिए| कार्यक्रममा राजदूत पोखरेलले मेयरलाई गौतम बुद्वको मूर्ति उपहार दिएका थिए |

विश्व युद्वको क्रममा बेल्जियममा शाहदात प्राप्त गरेका वीर गोर्खाली प्रति भूतपूर्व गोर्खा सैनिकले समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेको थियो|

एनआरएनका अध्यक्ष प्रेम गुरुंगको अध्यक्षतामा शुरु भएको कार्यक्रम को संचालन महासचिब माधब सापकोटाले गरेका थिए| कार्यक्रम आईतवार सम्पन्न हुदैछ|759862341