बेल्जियममा नेपाली रेस्टुरेन्ट उत्कृष्ट

1960164_597570086996364_1859947410_nअनलाइन मार्फत खाना वितरण सेवा प्रदान गर्ने जस्ट इटको सन् २०१३ को सर्वेक्षणमा बेल्जियमस्थित नेपालीहरुबाट संचालित न्यु होली काउ रेस्टुरेन्ट  डेलिभरी सेवाको उत्कृष्ट सुचिमा परेको छ|बर्ष भरीका ग्राहकको मतको आधारमा होली काउ बेल्जियममा रहेका सम्पूर्ण इन्डियन तथा  लुभेन शहरभरीका  डेलिभरी गर्ने रेष्टुरेन्टहरु  मध्ये सबैभन्दा बढी अंकका साथ पहिलो भएको हो|

डेलिभरी सेवा र खानाको प्रशंसा गर्दै ३७० जनाले इन्टरनेट मार्फत आफ्नो मत दिएका थिए|बेल्जियमको हत लास्ट न्युज अखवारमा प्रकाशित समाचार अनुसार उक्त रेस्टुरेन्टले दशमा नौ अंक प्राप्त गरेको छ|प्राज्ञिक शहरको रुपमा चिनिने लुभेन शहरमा अत्याधिक पिज्जा र पास्ता डेलिभरी हुने गरेकोमा यस बर्ष भने पूर्वीय खानाले ठाउ लिएको छ|लुभेनको नाम्चेस्त्रात नामक बाटोमा अवस्थित यो रेस्टुरेन्टमा नेपाली तथा इन्डियन खाना बिक्री वितरण गरीन्छ|