ब्रसेल्समा भारतीय नाकाबन्दीको विरूद्धमा विरोध प्रदर्शन

BackOffIndia 029भारतले नेपालमा गरेको आन्तरिक मामिलामा हस्तक्षेप र अघोषित नाकाबन्दीको विरोध गर्दै युरोपियन युनियनको मुख्यालय तथा बेल्जियमको राजधानी ब्रसेल्समा शुक्रवार दिउँसो नेपालीहरुले प्रदर्शन गरेका छन् । ब्रसेल्सस्थित भारतीय दूतावास अगाडि गरिएको विरोध प्रदर्शनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको एक ज्ञापन पत्र दूतावासको लेटर-बक्समा छोडिएको छ ।

BackOffIndia 033गैरआवासीय नेपाली सँघ बेल्जियम लगायत काँग्रेस, एमाले र सबै खाले माअोवादीहरूको प्रवासी  भातृ संगठनहरूको आयोजनामा भएको सो कार्यक्रममा प्रदर्शनकारीहरुले सार्वभौम राष्ट्रमाथि भारतले विश्व-सन्धीविपरित गरेको नाकाबन्दी र गैरकुटनीतिक व्यवहारको विरोधमा विभिन्न प्ले-कार्डहरू सहित नारा लगाएका थिए । त्यसै क्रममा आयोजक सँस्थाका विभिन्न प्रतिनिधिहरूले बोल्दै नेपालको आन्तरिक मामिलामा दख्खल नदिन र नेपालको सार्वभौमिकताको सम्मान गर्न समेत आग्रह गरेका थिए । एउटा ठूलो छिमेकीले अर्को भूपरिवेष्ठीत छिमेकीलाई समस्या पर्ने काम तत्काल बन्द गर्न समेत आग्रह गरिएको थियो ।

BackOffIndia 049