बेल्जियममा तीज मनाईयो

नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्व तीज बेल्जियमका विभिन्न सहरहरूमा भव्यताका साथ मनाइएको छ । बेल्जियमका मुख्य सहरहरू ब्रसेल्स, अन्त्वेर्पेंन, ब्रुज र गेन्टमा मात्र नभएर बिभिन्न ठाउमा सानो सानो समुदायका रुपमा रहेका महिलाहरुले उत्तिकै रमाइलोका साथ तीज पर्व मनाएका छन् ।

बेल्जियमको लुभेनमा शनिवार आयोजित कार्यक्रममा नेपाली गायिका कोमल वली समेत सहभागी भईन ।  रातो साडी, चोलो र नेपाली गरगहनामा सजिएका  सयौं नेपाली दिदीबहिनीहरु माझ ‘धत्तेरिका शिवजी रैछौ बदमास..,’पोईला जान पाम.., ‘हरे राम हरे कृष्ण…, ‘माया बस्यौ मुटुमा…, ‘मान्छे सानी सानी…’  ‘म पर्छु चिटिक्क…’  लगायत तीजका लोक गीत, आधुनिक र रोईला जस्ता थुप्रै गीतहरु गएर मनोरञ्जन प्रदान गरिन ।teej in leuven

हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्ने गरेको ईन्द्र धनुष क्लवले यस बर्षसमेत भव्यताका साथ कार्यक्रम सम्पन्न गर्यो । साग्रिला समाज बेल्जियम र क्षेत्री समाज बेल्जियमले चेलीबेटीहरूलाई माइतीघरको तिर्सना मेटाउन दर खुवाए।  कार्यक्रममा करिब २ सयबढी महिलाहरू जम्मा भएका थिए । कार्यक्रममा नेपाली महिलाहरू मात्र नभएर स्थानीय महिलाहरूले समेत सहभागिता जनाएका थिए भने मिन्द गुरुङले शिवजी र उत्कर्ष अर्यालले गणेशको रुप धारण गरेका थिए ।                                                                                                                                                                                त्यसै गरी ब्रुजमा एभरेष्ट समाज ब्रुजले तीज पर्वको आयोजना गरि नेपाली चेलीबेटीहरुलाई माईतिको झल्को मेटाईदिएको छ ।teej in bruggee

ब्रसेल्समा आमा समुहको आयोजनामा तीज पर्वको कार्यक्रम सम्पन्न भयो ।teej in brussel

नेपाली समाज गेन्टले तीजको दरखाने दिनमा नै गेन्ट शहरमा आयोजना गरेको तीज कार्यक्रममा उपस्थित नेपाली चेलीबेटीले दरमात्र खाएनन तीजका लोक गीत समेत गाएर भरपुर मनोरन्जन लिए । teej in gent