बेल्जियममा कोईराला प्रति श्रद्वान्जली व्यक्त

girijaबेल्जियममा नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका अध्यक्ष स्व गिरिजाप्रसाद कोईरालाको ९१ औ जन्म जयन्ती मनाईएको छ|जन सम्पर्क समिति बेल्जियमको आयोजनामा बुधवार बेल्जियमको अन्त्वेर्पेंनमा उनि प्रति श्रद्वान्जली व्यक्त गर्दै कार्यक्रम मनाईएको हो| कार्यक्रम जन सम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो|

कार्यक्रममा गौतमले गिरिजाप्रसाद कोईरालाले नेपालको तत्कालिन द्वन्द्वकालिन अवस्थालाई शान्तिको बाटोमा रुपान्तरण गर्न खेलेको भूमिकाबारे चर्चा गर्दै बर्तमान राजनैतिक दलहरुहरु आपसी असमझदारीलाई त्यागेर सहमतिका आधारमा लोकतान्त्रिक संबिधान निर्माण गर्न तर्फ लाग्नु नै उनि प्रति सच्चा श्रद्वान्जली ठहरिने बताए| कार्यक्रममा अर्का बक्ता शालिक गौतमले कोईरालाको जिबनी प्रस्तुत गरेका थिए|

जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशीको अध्यक्षता तथा सचिब सुवास गुरुङद्वारा संचालित कार्यक्रममा उपस्थित बेल्जियम स्थित बैचारिक संगठनका साथै अन्य सामाजिक संघ संगठनका प्रतिनिधिहरुले कोईराला प्रति श्रद्वान्जली व्यक्त गरेका थिए|