बेल्जियममा कलाकार समाज गठन

बेल्जियममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) बेल्जियम शाखा गठन भएको छ। शाखाको अध्यक्षमा श्याम श्रेष्ठ चयन भएका छन्। ११ सदस्यीय समितिमा उपाध्यक्ष देबु श्रेष्ठ, महासचिव विनिता रिमाल, कोषाध्यक्ष टिका निरौला सदस्यहरुमा अनुजा प्रधान, जितेन्द्र कायस्थ, कमल पन्थी, कुम शाही, सनोज रिजाल कृषा शर्मा र सन्तोष न्यौपाने रहेका छन्। त्यसैगरी गंगाधर गौतम, चिजकुमार श्रेष्ठ र नरेन्द्र थापा समितिको सल्लाहकार रहेका छन्।

प्रवासमा नेपाली कला-संस्कृति, साहित्य र चलचित्रको बिकास एवं प्रवर्द्धनका साथै नेपाली कलाकार तथा साहित्यकारहरुको हित सम्बन्धि कार्य गर्ने समितिले जनाएको छ।