बेल्जियममा कर व्यवस्थापन गर्ने उपायहरु

बेल्जियममा १० थरिका उपायहरु:
२०१६ मा कम कर तिर्ने वा फिर्ता पाउनको लागि
तपाइले के २०१५ भर्नु भएको कारको हिसाब किताब को चिट्ठी पाउनुभएको छैन? चिन्ता नलिनुस त्यो चिठी आउँदैछ ׀ यसपाली अनलाइनबाट भरेका धेरै करहरु गल्ति भेटिएकोले १ महिना ढिला हुँदैछ ׀
अब आउने २०१५ को कर २०१६ मा भर्नको लागि अब ६ महिना बाँकि छ׀  तर अझै हामिसंग त्यस्ता धरै उपाय छन् जसले हाम्रो कर सकेसम्म कम तिर्ने वा फिर्ता पाउने गर्न सकिन्छ ׀
यी उपायहरु छन् –
tax१.      बैंकमा गएर पेन्सन बचत खाता खोल्ने:
बैंकमा पेन्सन बचत खाता खोल्नाले हाम्रो सावा र ब्याज बचत खातामा जम्मा भै राख्छ, एस बाहेक पनि जम्मा रकमको ३०% बढीमा २८२ यूरो सम्मकर बाट फिर्ता गर्न सकिन्छ ׀ बचत खातामा कम्तिमा महिनामा ३० यूरो र बढीमा जतिपनि जम्मा गर्न पाउछ ׀ तर वर्षमा जम्मा भएको पैसा बाट३०% र बढीमा २८२ भन्दा बढी फिर्ता पाइन्न ׀ आफ्नो पैसा (सावा र ब्याज) भने बैंकमा सुरक्ष्छित भैराखेको हुन्छ ׀ एस प्रकारले  एउटा परिवारका जोडीले २ पटक २८२ गरि ५६४ सम्म कर फिर्ता गर्न सक्छ ׀
 
२.      राम्रो कामको लागि सहयोग गर्नुस
कुनै पनि सरकारी मान्यता प्राप्त गरेका र समाजको हित गर्नको लागि खोलेको साना वा ठुला संघ संस्था जस्तै Red Cross, De grotte, र अन्य ASBL/VZW हरु, जसलाई चन्दा गरेबापत, दिएको रकमको ४५%  फिर्ता पाउनुहुन्छ ׀
सर्तहरु: एउटै संथा लाइ ४० यूरो भन्दा बढी दिनुपर्छ ׀ तर एक वर्ष भित्र २ पटक २० गरि दिएपनि हुन्छ ׀ नाफा कमाउन खोलेको संथालाइ हुँदैन ׀ आफ्नो पुरा बार्षिक आम्दानीको १०% भन्दा बढी चन्दा दिएमा १०% को मात्रै ४५% फिर्ता आउछ ׀
३.      जिबन बिमा गराउनुस
यदी तपाइको घरको ऋण तिर्नु छैन वा सबै तिरिसकेको छ भने पेन्सन बचत खाता बाहेक पनि जिबनबिमा गरेबापतको रकमबाट पनि ३०% करबाट फिर्ता पाउने व्यवस्था छ ׀ यसरी तपाइले बढीमा सालमा २२६० यूरो सम्मको जिबनबिमा बाट ३०%,  ६७८ यूरो सम्म फिर्ता हुन सक्छ ׀ अर्थात् परिवारमा एक जोडीको १३५६ यूरो सम्म फिर्ता गराउन सकिन्छ ׀ जिबनबिमा २२६० यूरो भन्दा बढीको पनि गराउन सकिन्छ तर फिर्ता भने एउटा परिवारमा जिबनबिमा बाट एक जनाको भागमा ६७८ यूरो भन्दा बढी फिर्ता हुदैन׀
४.      समाज बिकासमा लागेका संस्थानहरुको शेयेर किनेर
शेयेर बजारमा, समाज बिकासमा लागेका संस्थानहरुको जस्तै Alterfin, Incofin, Oikocredit (जसले साना तथा मझाैला संग्संथाको बिकासमा टेवा पुर्याउछ) आदि जस्ता संस्थानहरुको शेयेर किनेर पनि आफ्नो कर फिर्ता ल्याउन सकिन्छ ׀ यसरी लगानी गर्दा लगानी गरेको रकमको ५% बढीमा ३२० यूरो र एउटा जोडीमा ६४० यूरो सम्म फिर्ता गराउन सकिन्छ׀ एसकोलागि कमसेकम एक जनाले एउटा संथानमा ३८० लगानी गरेको हुनुपर्छ र उसले त्यो शेयेर कमसेकम ५ वर्ष सम्म बेचन पाउदैन ׀
५.      घरसफा गर्नेको लागि चेक किनेर
घरसफा गर्नेको लागि चेक किनेर पनि हामीले करमा छुट पाउन सक्छौ׀ एउटा जोडीले बढीमा २००० यूरो  सम्मको De Dienstencheques /LesTitres services अर्थात् घरसफागर्ने चेक किनेरे त्यसको ३०% अर्थात् ६०० यूरो सम्मको रकम कर बाट फिर्ता गर्न सकिन्छ ׀
६.      सकेसम्म बढी घर किन्नको लागि ऋण लिनुस
आफु बस्नलाई घर किन्दाखेरि लिएको ऋणमा तिरेको सावा र ब्याज बाट
फ्लामिस पार्टमा:-
 प्रतेक वर्ष १५२० यूरो  र पहिलो दस बर्ष अझै ७६० यूरो थपेर अनि ३ र ३ जना भन्दा बढी बच्चा भएमा 80 यूरो थपेर फिर्ता हुन्छ ׀ अर्थात(१५२०+७६०) = २२८० + ३ र ३ जना भन्दा बढी बच्चा भएमा +८०= २३६० यूरो ׀ पहिलो १० बर्ष  एक जोडीको बढीमा २३६०+२३६०=४७२० यूरो ׀
अनि घर किनेको १० बर्ष पछि १५२०  + ३ र ३ जना भन्दा बढी बच्चा भएमा +८०= १६०० यूरो र एक जोडीको बढीमा १६०० + १६००= ३२०० यूरोसम्म फिर्ता गराउन मिलाउने प्राबधान छ ׀
ब्रुस्सेल वालोनीमा:-
प्रतेक वर्ष २२९० यूरो  र पहिलो दस बर्ष अझै ७६० यूरो थपेर अनि ३ र ३ जना भन्दा बढी बच्चा भएमा 80 यूरो थपेर फिर्ता हुन्छ ।
– हरी श्रेष्ठ, ब्रसेल्स