बेल्जियममा आनको चुनावी विजय : नेपालीहरुको खुशी

यही आइतवार बेल्जियममा आमचुनाव छ, तर बाहिर हेर्दा न प्रचारप्रसार गरे जस्तो देखिन्छ न नारा-जुलुस नै । मिडियामा भने निर्वाचन कै चर्चा बढी छ । यहाँका नेपालीहरुलाइ पनि चुनाव बेस्करी लागेको छ ।

बेल्जियममा रहेका नेपालीहरुमा चुनावी गर्मी बढेको एक कारण हो- केही नेपालीहरू पनि उमेदवार बनेकाले । नेपालीहरूको उमेदवारी धेरै हदसम्म आफ्नो प्रोफाइल बढाउने प्रयास नै हो । यसबाहेक, ‘नेपालका साथी’ भनेर चिनिएका बेल्जियनहरू पनि चुनावी मैदानमा छन् । यस्ता केही उमेदवार चुनाव जित्ने पक्कापक्की जस्ता छन् ।
यस्तै लुभेन क्षेत्रकी सशक्त उमेदवार हुन् – आन मोरेनहाउत (An Moerenhout)
An Moerenhout
नेपालीबीच उनको चर्चाको कारण हो- उनको नेपालप्रतिको लगाव र समाज सेवा |

’चुनाब जितेमा पहिलो महिनाको तलब नेपाली बिधार्थीको पठनपाठनमा थप सहयोग गर्नेछु’, उनले घोषणा गरेकी छन् । नेपालका १२० सडक बालबालिका, अनाथ तथा गरिब विधार्थीको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउदै आएकी आनले मे महिनाको पहिलो हप्ता साँग्रीला समाज बेल्जियमद्वारा आयोजित नेपाली नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा निर्वाचन जिते नेपाली विधार्थीको लागी के गर्नु हुन्छ ? भन्ने इन्फोमालाको प्रश्नमा उनले यस्तो घोषणा गरेकी थिइन् | उनले निर्वाचनमा मत माग्नलाई मात्र यसो भनेकी थिइनन, उनले त बिधार्थी जीवनमा झन्डै ८ बर्ष अगाडी नेपाल भ्रमण गरेपछि साथीको सहयोगमा नेपाली गरिब बालबालिकालाई शिक्षामा सहयोग गर्न ‘शंकर प्रोजेक्ट’ नै खोलेर लागि परिन|उच्च शिक्षासम्मको लागी सहयोग गरीरहने उनको प्रोजेक्टको योजना रहेको छ| यसलाई संयोग त मान्न सकिएला तर थुप्रै नेपालीहरु यसलाई उनको महानता भन्छन| आखिर नेपाली बिधार्थीको सेवामा थप बृद्वी नेपालीको लागी राम्रै हुने नेपालीहरु बताउछन्|
An Appeal
बिधार्थी जीवनदेखि नै समाजसेवामा लागेकी आनलाई राजनीतिमा आउन के ले प्रेणित गर्यो? उनि भन्छिन, ‘समाज सुधारको लागी राजनीति सरल माध्यम हो|’ छोटो समयमा राजनीतिको उच्च स्थानमा पुगेकी आन आफुलाई राजनीतिज्ञ भन्दा पनि सामाजिक कार्यकर्ता भन्न रुचाउछिन| सामाजिक एकिकरणलाई महत्व दिने आन मानबिय संवेदनालाई सजिलै बुझ्छिन|६ पटक नेपाल भ्रमण गरीसकेकी आन नेपाल र नेपाली भनेपछी त हुरुक्कै हुन्छिन नै अरु प्रति पनि उनको संवेदना उस्तै छ| त्यसले होला झन्डै ५ वर्ष अगाडी आप्रवासीको समस्यालाई लिएर आवाज उठाईन |थुप्रै नेपालीहरुलाई राय सल्लाह र सुझाब पनि दिईन कतिपय लाभान्वित भए भने कतिपय छुटे| उनि अहिले पनि यी मानवीय संवेदनालाई नजिकबाट लिएकी छिन|‘मानवीय सहयोगको माग गरीरहेका आप्रवासीहरुको लागी न्यायोचित किसिमले समान अवसरको आवश्यकता छ|’ उनले स्पष्ट पार्दै यस बिषयमा कटिबद्ध रहेको समेत उल्लेख गरीन|

नेपालका बालबालिकालाई दिइने शिक्षा प्राणालीबारे परिचित उनले बेल्जियममा बिभिन्न कार्यक्रम मार्फत बेल्जियमको शिक्षा प्रणाली र अवसरको बारेमा पनि नेपालीहरुलाई जम्मा गरी जानकारी गराउदै आएकी छिन| उनि नेपालीहरुले आयोजना गर्ने प्रायः कार्यक्रममा पुग्ने गर्छिन| नेपालीहरुलाई इमान्दार र लगनशील भनेर सम्बोधन गर्ने आनलाई नेपालीहरु असल साथीको रुपमा लिने गर्छन| नेपाली भाषा र संस्कृति प्रवर्द्धन सम्वन्धि कार्यक्रममा समेत उनको सहयोग रहदै आएको छ| उनि भन्छिन ‘सबैले आ-आफ्नो भाषाको संरक्षण गर्नुपर्छ|’ उनको यो भावना झन्डै ५ बर्ष अगाडी देखि नै नेपालीले बुझ्न पाएका थिए| साँग्रीला समाजले लुभेनमा संचालन गरेको नेपाली भाषा कक्षाको निम्ति जब कक्षा कोठाको आवश्यकता थियो | क्याथोलिक विश्वबिधालयमार्फत कोठाको बन्दोबस्त गराई दीईन| नेपालीहरुसगको लामो सहयात्रामा रहेकी आनले आफुसग सामाजिक सुधारका थुप्रै योजना रहेको बताउदै नेपालीहरुसग साथीको रुपले निर्वाचनमा सहयोगको आशा सहित अपिल समेत गरेकी छिन| उनि निर्वाचनको क्रममा फ्लेमिश Groen (हरित पार्टी) राजनैतिक दलबाट Vlaams Parlement को लागि दोश्रो नम्वरमा रहेकी छिन| राष्ट्रिय पार्टीको लागि यस्तो प्राथमिकताको उमेदवारी महत्वपूर्ण स्थान हो । राजनैतिक र सामाजिक दुवै किसिमले उनि युवापंक्तिमा चर्चित छिन| नेपालीबीच पनि उत्तिकै लोकप्रीय छिन् । लुभेनको प्रमुख अल्पसँख्यक समूहमा नेपाली पनि पर्छन् । नेपालीहरूको मत यस क्षेत्रमा गणनीय छ । आन पार्टीगत रूप मै सशक्त उमेदवार रहेकोले नेपालीहरूको मत पाउँदा उनको स्थिति अझ इज्जतिलो बन्छ । उनको यो चर्चा, प्रसिद्धी र प्रयत्नको फल आईतवारको निर्वाचन लगत्तै निस्कने आशा गरिएको छ|