बेल्जियममा आठौ खुला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, एन.डी.एफ प्रथम

quizबेल्जियममा सम्पन्न आठौ खुला हाजिरीजवाफ प्रतियोगितामा एन.डी.एफ बेल्जियम प्रथम भएकोछ|सांग्रीलासमाज बेल्जियमको वार्षिकोत्सवको अवसरमा आईतवार बेल्जियमको लुभेनमा आयोजित १३ टिमबीच भएको प्रतियोगितामा एनडीएफ प्रथम भएको हो|
एनडीएफवाट डेबिड थापा,धिरज न्यौपाने र जनक सुबेदी सहभागी भएका थिए|द्वितीय हुने टिम अखण्ड नेपालबाट शैलेशकुमार मल्ल,टंक भण्डारी र स्मिता रावल सहभागी थिए भने तृतीय हुने टिम जय नेपालबाट गणेश लामिछाने,निशान न्यौपाने र सबिना गौतम सहभागी थिए|प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेलाई क्रमशः ५००,३०० र २०० सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने उत्कृष्ट दर्शकको रु २५ युरोको पुरस्कार भने मनिष अधिकारीले प्राप्त गरेका थिए| समाजका अध्यक्ष यामु निरौलाको सभापतित्व र खड्क के.सीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको संचालन दीपकज्योति पौडेल,परमानन्द सापकोटा र नरेश कार्कीले गरेका थिए|कार्यक्रम सम्पन्न गर्नको लागि भगवती अधिकारी,पदम गुरुङ,शहदेब गौतम,एनआरएन बेल्जियम,क्षेत्री समाज बेल्जियम र शेर्पा समाज बेल्जियमले सौजन्य प्रदान गरेका थिए|
सन २००५ मा स्थापना भएको समाजले सन २००६ देखि नेपाली भाषा,संस्कृति संरक्षण,सम्वर्द्वन र प्रचारप्रसारको निम्ति हाजिरीजवाफ,हिज्जेका साथै श्रष्टाको आँगनमा साग्रीला नामक कार्यक्रम समेत संचालन गर्दै आईरहेको छ|