बेल्जियमबाट फर्किए विमल

नेपाली युवा फुटबलर विमल घतिर्मगर आइतबार बेल्जियमको फुटबल क्लब खेलेर काठमाडौं विमानस्थलमा ओर्लिदा उनी यसअघि भन्दा केही फरक देखिए- ओठमा मन्द मुस्कान र हँसिलो मुहार । जिउ डाल देखि हाउभाउ पनि केही फेरिएको जस्तो ।

Bimal Gharti Magarबेल्जियमको राजधानी ब्रसेल्सको आन्दरलेख फुटबल क्लबमा एक महिने प्रक्षिण लिएर फकिर्एपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार माझ उनी फुर्तिका साथ प्रस्तुत भएका थिए ।

उनले अब आफ्नो यात्रा युरोपमा हुन सक्ने पनि बताए । उनले आफुले राम्रो गर्न सकेको र अझै राम्रो गर्ने विश्वास पनि व्यक्त गरे । ‘मैले राम्रो गरे जस्तो लाग्छ । कोचले पनि राम्रो व्यवहार गर्नुभो’ उनले भने ‘म पनि अझै राम्रो गर्न सकिने विश्वासमा छु ।’

युरोपको १७ बर्ष मुनिको फुटबल प्रतियोगिता ‘ङखयुचर कप’ खेलेका थिए । तीन खेल खेलका उनले एन्डरलेक्टका लागि एक गोलसमेत गरेका थिए ।

  • Post category:खेल