बेल्जियमको संसदीय निर्वाचनमा उठेका नेपालीहरू

खड्कबहादुर के.सी. दोश्रो पटक नेपाली उमेदवार

khadबेल्जियमको संसदीय निर्वाचनमा नेपालीभाषी उम्मेदवार खड्कबहादुर के.सी चुनाब लड्ने भएका छन्|आगामी मे २५ मा सम्पन्न हुन गैरहेको आम निर्वाचनमा उनि समाजबादी प्रजातान्त्रिक पार्टी ग्रुन (ग्रीन पार्टी) को तर्फबाट निर्वाचन लड्दै छन्|संसद सदस्यको निम्ति ग्रुन पार्टीबाट निर्वाचन लड्ने उनि पहिलो र बेल्जियमका  नेपालीहरूमा दोश्रो हुन्|यस भन्दा अगाडी बिरमान घर्ति मगरले कम्युनिष्ट पार्टीबाट संसदीय निर्वाचन लडेका थिए|  ग्रुन पार्टी संसदमा प्रतिनिधित्व रहेको राष्ट्रिय पार्टी हो भने बेल्जियमको कम्युनिष्ट पार्टीको हैसियत संसदीय उपस्थितिको तहमा छैन । एक  सय पचास संसद सदस्यको निम्ति हुन गैरहेको निर्वाचनमा के.सी. फ्लान्डर्स क्षेत्रको फ्लेमिस ब्राबान्त जिल्लाका उम्मेद्ववार हुन्|

ग्रुन पार्टीबाट टिकट पाए लगत्तै खुशी भएका के.सी. ले संसद सदस्यको निम्ति निर्वाचन लड्नु नेपालीलाई चिनाउने सुनौलो मौका भएको बताए|‘निर्वाचन हो परिणाम आफ्नै ठाउमा छ तर मतदाताले नेपाल चिन्नेछन’ के.सी.ले थपे| नेपाली तथा एसियनमुलका नागरिकहरुको बाक्लो बसोवास भएको यस क्षेत्रमा आफुलाई राम्रै मत पर्नेमा के.सी. आशावादी रहेका छन्|

नेपालको पर्वत जिल्ला घर भै बिगत १६ बर्ष देखि बेल्जियममा बसोवास गर्दै आईरहेका के.सी. सन् २०१२ मा भएको स्थानीय निर्वाचनमा पहिलो पटक लुभेन नगरपालिका सदस्यको लागी ग्रुन पार्टीबाट चुनाव लडेका थिए| उनी सो निर्वाचनमा पराजित भए पनि उनले इज्जतिलो मत प्राप्त गरेका थिए ।

यस अघिको स्थानीय निर्वाचनमा खड्काका अलावा अन्य केही नेपालीहरूले पनि विभिन्न पार्टीबाट उमेदवारी दिएका थिए । नेपालीहरुको बाक्लो बस्ति रहेको लुभेन र अन्त्वेर्पेंन नगरपालिकाको स्थानिय राजनीतिमा नेपालीहरूलाइ प्रशस्त अवसर रहेको जानकारहरू बताउँछन् । यी नगरपालिकाहरू आगामी स्थानीय निर्वाचनमा नेपाली निर्वाचित हुन सक्ने संभाव्य क्षेत्र मानिन्छन्|

बेल्जियममा १८ वर्ष उमेर पुगेकाले अनिवार्य मतदान गर्नु पर्छ|साथै २१ वर्ष पुगेको उम्मेद्ववार हुन पाउने ब्यबस्था छ| निर्वाचनमा महिला पुरुष उम्मेद्ववार ५०/५० प्रतिशत हुनु पर्ने व्यबस्था रहेको छ | राजनैतिक दलको लागी प्रत्येक जिल्लामा (लुभेन /ब्रसेल्स-हाल-भिल्भूर्द बाहेक ) ५ प्रतिशत थ्रेस होल्ड कायम गरीएको छ|यस भन्दा अगाडी सन् २०१० मा आम निर्वाचन भएको थियो|कुनै पनि पार्टीको बहुमत नभएको कारण गठबन्धन सरकार गठनमा ५ सय ४१ दिन कुर्नु परेको थियो |बेल्जियम संबैधानिक राजतन्त्रात्मक  सँसदीय व्यवस्था भएको देश हो |