बेल्जियमको फुटबल च्याम्पियन क्लवमा विमल घर्तिमगर सामेल

बेल्जियमको फुटबल च्याम्पियन क्लव आन्डरलेखमा ट्रायल दिन नेपाली जुनियर फुटबल स्टार विमल घर्तिमगर त्यसतर्फ प्रस्थान गरेका छन् । आन्डरलेखमा विमल कम्तिमा दुई महिना रहनेछन् ।

फोटो- गोल नेपाल
फोटो- गोल नेपाल

त्यस समय उनले आन्डरलेखको अन्डर–१७ टिमबाट एगन फ्युचर कप खेल्ने छन् । एसी मिलान, एसएल बेन्फिका जस्ता क्लवका जुनियर टिम पनि प्रतियोगितामा सहभागि हुने छन् । एप्रिल १९ बाट सुरु हुने प्रतियोगितामा विमल खेल्ने आन्डरलेख पोल ‘बि’ मा छ । पोल ‘ए’ मा लिभरपुल, सेल्टिक लगायतका चार क्लवका यू–१७ टिम छन् ।

विमललाई नेपालबाट लैजान आन्डरलेखका प्रतिनिधि तीन दिन अघि नेपाल आएका थिए । यसअघि विमलले नेदरल्याण्डको चर्चित क्लव ट्वान्टेमा ट्रायल दिएका दिए । त्यतिबेला उत्कृष्ट प्रर्दशन गरेको भएपनि कम उमेरका कारण उनलाई क्लवले सम्झौता गरी राख्न सकेको थिए ।

बेल्जियम जानुअघि सञ्चारकर्मीसँग बोल्दै विमलले आफ्ना लागि यो अवसर महत्वपूर्ण भएको बताए । ‘त्यहाँ गएर मैले त्यहाँका खेलाडीहरुसँग खेल्न पाउँछु’ उनले भने, ‘मेरा लागि राम्रो अवसर हो, पहिलाको भन्दा झन राम्रो गर्छु ।’

एन्फा अध्यक्ष गणेश थापा, एन्फाका अन्य पदाधिकारीले विमललाई त्रिभुवन विमानस्थलमै पुगेर विदाई गरेका थिए । नेपालको यू–१६ टिमको कप्तान समेत रहेका विमललाई आन्डरलेखमा पुर्याउन बंगलादेशको राष्ट्रिय टोलीका प्रशिक्षक रेने कोस्टरले भूमिका खेलेका थिए ।