बेल्जियमको ‘न्यू होली काउ’ दोश्रो पटक उत्कृष्ट

बेल्जियमको लुभेन स्थित नेपालीहरुबाट संचालित न्यू होली काउ रेस्टुरेन्ट अनलाइन मार्फत खाना वितरण सेवा प्रदान गर्नेholi cow जस्ट इटको सन् २०१४ को सर्वेक्षणमा उत्कृष्ट ठहरिएको छ | प्राज्ञिक शहरको रुपमा चिनिने लुभेन शहरमा अत्याधिक पिज्जा र पास्ता डेलिभरी हुने गरेकोमा होली काउ दोश्रो पटक सबैलाई उछिन्दै उत्कृष्ट भएको हो|

सन् २०१३ मा ग्राहकको मतको आधारमा होली काउ लुभेन शहर भित्र डेलिभरी गर्ने रेष्टुरेन्टहरु मध्ये सबैभन्दा बढी अंकका साथ पहिलो भएको थियो| उक्त समय डेलिभरी सेवा र खानाको प्रशंसा गर्दै ३७० जनाले इन्टरनेट मार्फत आफ्नो मत दिएका थिए|

रेस्टुरेन्टका प्रोप्राइटर गंगाप्रसाद शर्मा आचार्यले खानाको गुणस्तरका कारण नै माग बढी भएको र सेवामा पनि उत्कृष्ट रहेको जनाउदै नेपाली खानालाई युरोपियन नागरिक बीच परिचित गराउन पाउदा खुशी लागेको बताए |

लुभेनको नाम्चेस्त्रात नामक बाटोमा अवस्थित यो रेस्टुरेन्टमा नेपाली तथा इन्डियन खाना बिक्री वितरण गरीन्छ|