बेल्जियमको अन्तर्राष्ट्रिय ट्रेड फेयरमा अर्थमन्त्री कोईराला

गत शनिवारदेखि बेल्जियमको ऐतिहासिक तथा संस्कृतिक शहर गेन्टस्थित एक्स्पो सेन्टरभित्र ६८ औ “फ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयर (आसेन्ता)” शुरु भएको छ| मेलामा नेपाल विशिष्ट अतिथि राष्ट्रको रुपमा सहभागी छ |अतिथि राष्ट्रका रुपमा नेपाल सरकारका अर्थ तथा बाणिज्यमन्त्री शंकरप्रसाद कोईरालाले सम्बोधन गरेका थिए| उद्वघाटन समारोहमा सम्बोधन गर्दै उनले यस्ता किसिमका व्यापार मेलाले द्विपक्षीय व्यापार,निजि क्षेत्र विचको सम्वन्ध र लगानीका अवसरमा बिशेष सहयोग मिल्ने उल्लेख गरे|
Gent Accenta
उक्त उद्वघाटन समारोहमा बेल्जियमका राजाका प्रतिनिधि, उपप्रधानमन्त्री पेटर द क्रिम, पूर्वी फ्लान्दरन प्रान्तका उप-प्रमुख, नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेल तथा गेन्ट शहरका मेयरसहित पाचै महादेशका करिब ६०० विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो|उपप्रधानमन्त्री पेटरले मेला नेपाल र बेल्जियम बिचको व्यापार बिस्तारका लागी महत्वपूर्ण हुने आशा ब्याक्त गरेका थिए|मेलाको उद्वघाटन समारोहपश्चात उपप्रधानमन्त्री पेटर र अर्थमन्त्री कोईरालाले नेपाल मण्डलको संयुक्त रुपमा उद्वघाटन गरेका थिए| उनले नेपाल मण्डलको समेत निरिक्षण गरेका थिए|अतिथि राष्ट्रको रुपमा नेपाललाई प्राप्त १०४८ वर्ग मिटरमा फैलिएको नेपाल मण्डलमा भित्र ३३ स्टलहरु रहेका छन्|

सन् १९६३ मा नेपाल र बेल्जियमबीच दौत्य सम्वन्ध कायम भएको ५० औ बर्ष भएकोले पनि मेलाको बिशेष महत्व रहेको छ| अतिथि राष्ट्र नेपाल भएकोले पनि आयोजकले नेपाललाई बिशेष महत्व दिएका छन|वक्ताहरुले सहारोहमा नेपालको बिबिध आयामहरुको चर्चा गरेका थिए|उत्पादनको साथै बिशेष गरि उनीहरुले सांस्कृतिक र भौगोलिक सुन्दरतालाई जोड दिएका थिए| राजदूत पोखरेलले आसेण्डा इन्टरनेशनल ट्रेड फेयर नेपाल, नेपाली संस्कृति, नेपाली सामान र पर्यटन उधोगलाई प्रबर्द्वन गर्ने सुनौलो अवसर भएको बताए|

प्रत्येक वर्ष अतिथि राष्ट्र छनौट गरिने प्रचलन रहेको छ, यो मेलाको|मेलामा आउने अवलोकनकर्ताहरुले एक पटक अतिथि राष्ट्रको मण्डल पुग्ने गर्दछन|मण्डलको प्रवेशद्वार मै रहेको पलान्चोक भगवती पश्मिना पसलमा परेका छन, आगन्तुकका आँखा |३० युरोमा एक पश्मिना सल बेच्ने गरेकी पार्वती श्रेष्ट भन्छिन ‘नेपाली पश्मिना भन्ने बित्तिकै दुई दिन मै राम्रो बिक्रि भो’|अर्का व्यापारी रबिन्द्रमान श्रेष्ठले पनि नेपाली गुणस्तरीय पश्मिना युरोपियनहरूको पहिलो रोजाई भएको उल्लेख गर्दै प्रचार प्रसार गर्ने हो भने युरोपमा राम्रो बजार हुने बताउछन |मण्डलमा नेपालमा उत्पादित विभिन्न सामानहरुका स्टल छन्| नेपाल पर्यटन बोर्डले पनि पर्यटनसम्वन्धि जानकारी गराईराखेको छ| नेपाली खानाको प्रचारप्रसारका साथै बिक्रीवितरणको लागी एक नेपाली रेष्टुरेन्ट समेत रहेको छ|’नेपाली उत्पादनलाई युरोपको बजारमा चिनाउने मौका पाएका छौ’ मेलाका नेपाली संयोजक अर्जुनकुमार श्रेष्टले बताए|

दूतावास र नेपाली समुदायको पहलमा नेपाली पर्यटन प्रवर्द्धनको लागी निर्माण गरिएको नेपाल सम्वन्धि डकुमेन्ट्री बेल्जियमको सरकारी टि.भि भ्लान्दरन रेडियो एण्ड टेलिभिजन(VRT)को लोकप्रिय च्यानल‘EEN’(एक)मा गत तिन हप्तादेखि प्रसारण गरिएको थियो| भ्लान्दरन भ्याकेन्सील्याण्ड कार्यक्रम अन्तर्गत एक्सपोको अवसर पारेर प्रसारण गरिएको यो डकुमेन्ट्रीले नेपाललाई पर्यटकीय गन्तब्यस्थल बनाउन ठूलो सहयोग पुग्ने छ’ श्रेष्ठ भन्छन|

प्रवेशद्वारमा उपलब्ध गराईएको स्टेजमा युरो नेपाल कलाकार संघका कलाकारहरुले नेपालको बहुल लोक संस्कृति झल्किने गीत, नृत्य र संगीतले आगन्तुकलाई स्वागत गरिरहेका छन्|अवलोकनकर्ताहरुले गीत नबुझे पनि विभिन्न पोशाकमा सजिएर प्रस्तुत गरेका नृत्यलाइ क्यामारामा कैद गरिरहेका छन्|’कला संस्कृतिका माध्यमबाट पनि नेपाललाई चिनाउने मौका पाएका छौ’ संघका अध्यक्ष पदम गुरुङ बताउछन|मेला अवधीभर सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ|मेला आईतवार सम्म चल्नेछ| मेलाको आयोजना IJV-IFAS ले १९४६ देखि गर्दै आईरहेको छ|यो बेनेलक्स मुलुकहरु (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) मै प्रसिद्धि पाएको मेला हो|एक्सो अवधिभर लाखौले अवलोकन गर्ने अनुमान गरिएको छ|अवलोकन गर्ने सबैले नेपाल सम्वन्धि जानकारी पाउने छन्|
– दीपकज्योति पौडेल

  • Post category:अर्थ