बेल्जियमका सस्ता सुपरमार्केट ?

Colruytउपभोक्ता हितमा काम गर्ने सँस्था Test-Achats ले गरेको अध्ययनमा लगातार पाँच वर्ष Colruyt सबैभन्दा सस्तो सुपरमार्केट भएको प्रमाणित भएको छ । बेल्जियमका ७०० भन्दा ज्यादा सुपरमार्केटहरूमा गरिएको अध्ययनले यो तथ्य पुष्टी भएको हो ।

ब्रांडेड उत्पादनहरूको मूल्यमा Colruyt को मूल्य रैंकिंगमा उपभोक्तामुखि देखिएको हो भने समग्र मूल्याँकनमा पनि कोलरोइत चाखलाग्दो देखिएको छ । तर निजी लेबल (ब्रान्ड)का उत्पादनहरूमा भने Aldi र Lidl ज्यादा सस्ता देखिएका छन् ।
अरू लोकप्रीय सुपरमार्केटहरू Delhaize, Carrefour, Match हरू Colruyt का तुलनामा सबैजसो उत्पादनहरूमा महङ्गा देखिएका छन् ।