बेल्जियमका मेयरद्वारा रुपाकोट रिसोर्टको उद्घाटन

करिब २० बर्षदेखि बेल्जियममा ब्यबसाय संचालन गर्दै आईरहेका गैरआवासीय नेपाली स्थानीय पुष्पराज अधिकारीको  कास्कीको रूपाकोटडाँडामा पाँचतारे होटेल रूपाकोट रिसोर्ट शुक्रबारदेखि सञ्चालनमा आएको छ | ३० करोडको लागतमा निर्माण गरीएको रिसोर्टको बेल्जियमको टिलट्वीङ सहरका मेयर रुडी वेकन र एनआरएनका अध्यक्ष शेष घलेले एक कार्यक्रमका बीच उद्घाटन गरे| rupakot

बेल्जियका नेपाली सामाजिक गतिबिधिहरुमा  सक्रिय रहेका अधिकारीले बिदेशमा कमाएको पुजी,ज्ञान र प्रविधिलाई नेपालको समृद्वीको लागी प्रयोग गर्ने मनसायले रिसोर्टमा लगानी गरेको बताए| उनले पोखरामा क्वालिटी पर्यटक भित्र्याउन र पर्यटकको बसाइ लम्म्ब्याउने उद्देश्यले आफ्नै जन्म गाउँमा रिसोर्ट सञ्चालन गरेको अधिकारीले बताए |

दुई सय रोपनी क्षेत्रफल रहेको रिसोर्ट समुद्री सतहदेखि एब हजार एक सय मिटर उचाइमा रहेको छ| रिसोर्ट पोखरा विमानस्थलदेखि २२ किलो पर रूपातालको सिरानमा रहेको छ | रिसोर्टको सबै कोठाबाट अन्नपूर्ण हिमशृंखला, रूपाताल, वेगनासताल, हरियाडाँडा देख्न सकिने गरी निर्माण गरिएको छ| हाल रिसोर्टमा सुविधासम्पन्न ४२ कोठा सञ्चालनमा आएका छन् भने दुई बर्ष भित्रमा ११६ कोठा संचालनमा ल्याउने अधिकारीको योजना रहेको छ| त्यसका लागि सबै संरचना तयार हुँदा एक अरब लगानी हुने उनले बताए |

प्रकृतिले सिँगारिएको तर विकास हुन नसकेको आफ्नै गाउँमा रिसोर्ट बनाएर त्यो माग पूरा गर्ने उद्देश्यले उनले १५ वर्षअघि जग्गा खरिद गरेका थिए तर विभिन्न राजनीतिक उतारचडावको कारण निर्माण योजना ढिलो भएको थियो| रिसोर्ट निर्माणकार्य सुरु भएको दुई बर्षमा सञ्चालनमा आएको हो |rupakot rosort &

रिसोर्टमा प्रतिदिन विदेशीलाई सिंगलको दुई सय ४० डलर र डबलको तीन सय डलर ट्याक्स र खानासमेत यसैमा संलग्न हुने गरी निर्धारण गरिएको अधिकारीले बताए | नेपालीका लागि सिंगलको १२ हजार, डबलको १५ हजार रुपैयाँ ट्याक्स र खानासहित लाग्ने गरी मूल्य निर्धारण गरिएको उनले बताए | रिसोर्टमा चाहिने र स्थानीय गाउँलेलाई समेत उपलब्ध गराउने गरी तीनवटा बोरिङबाट पानी निकालिएको बताइएको छ।

स्थानीयलाई रोजगारको अवसर सिर्जना गर्न स्थानीय उत्पादन रिसोर्टले लिने र उत्पादनका लागि प्रोत्साहनसमेत गरिने उनले बताए | रिसोर्टमा ६० जनाले रोजगारी पाएको पनि अधिकारीले बताए |