बेल्जियन संसदका उम्मेदवारसँग नेपालीहरुको अन्तरक्रिया सम्पन्न

anबेल्जियमको संसदीय निर्वाचनका उम्मेदवार आन देद्री(Anne Dedry) र खड्कबहादुर केसीका साथै भ्लाम्स ब्राबान्तबाट प्रान्तीय संसदका उम्मेदवार  हर्मेस सानक्तोरोम(Hermes Sanctorum) र आन मारेनहाउट(An Moerenhout)सँग नेपालीहरुले यहि मे २५ मा हुन गैरहेको बेल्जियमको संसदीय निर्वाचन र समसामयिक राजनैतिक  बिषयमा अन्तरक्रिया गरे |साँग्रिला समाज बेल्जियमद्वारा आईतवार लुभेनमा आयोजित नेपाली नयाँ २०७१ को शुभकामना आदानप्रदान कार्यक्रमको समापनपश्चात नेपालीहरुले समसामयिक बिषयमा कुराकानी गरेका थिए|

भ्लाम्स ब्राबान्तबाट प्रान्तीय संसदका बर्तमान सांसद हर्मेसले ग्रुन बेल्जियमको प्रजातान्त्रिक समाजवादी पार्टी भएको उल्लेख गर्दै उनले भेदभाव बिहिन आदर्श सामाजको निर्माण गर्ने आफ्नो पार्टीको सोच रहेको बताए| गरिबी निवारण,आम्दानीका आधारमा कर निर्धारण,प्रजातन्त्र तथा मानव अधिकारको ग्यारेन्टी,सबैको लागी समान सामाजिक अधिकार,स्वास्थ्य तथा स्वच्छ बाताबरण,बृद्वा-बृद्वको लागी बिशेष व्यवस्था,युवाहरुको लागी सुलभ रोजगारीको व्यवस्था जस्ता कुराहरु आफ्नो पार्टीको रहेको बताए|

कार्यक्रममा ‘शंकर’ प्रोजेक्ट स्थापना गरी नेपाली गरिब तथा असाय बालबालिकालाई शिक्षा स्वास्थ्य र आवासमा सहयोग पुर्याउदै आएकी आन मारेनहाउट पनि सहभागी थिईन| अत्यान्तै नजिकबाट नेपालीहरुलाई चिनेकी उनले नेपालीहरु ईमान्दार र मिहिनेतीका साथै समाजमा छिटै घुलमिल हुनसक्ने भएको बताईन|

कार्यक्रममा बेल्जियन संसदका लागी उम्मेदवार रहेकी आन देद्रीले समसामयिक बिषयमा नेपालीहरुद्वारा सोधिएका  जिज्ञासाहरुको उत्तर दिदै आप्रवासीहरुको समस्या बुझेर उचित व्यवस्थापनको लागी सधै आफ्नो पार्टीले आवाज उठाएको बताईन|

annउपस्थित उम्मेदवारहरु मध्ये आन्ने देद्री र खड्क बहादुर केसी बेल्जियन संसदका र हर्मेस सानक्तोरोम तथा आन मारेनहाउट भ्लाम्स ब्राबान्तबाट प्रान्तीय संसदकका लागी ग्रुन पार्टीका उम्मेदवार हुन|
कार्यक्रममा उपस्थित थुप्रै नेपालीहरु माझ एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले नेपालीहरु बेल्जियमको समाजमा घुलमिलको क्रममा रहेको उल्लेख गर्दै नेपालीहरुका गतिविधि बारे जानकारी गराएका थिए|