बेल्जियन राजाले गद्दी त्यागे

Albert II n Philippeबेल्जियन राजा अल्बर्ट द्वीतीयले राजगद्दी त्यागको घोषणा गरेका छन् । बुधवार टेलिभिजनमा सम्बोधन गर्दै ७९ वर्षिय राजा अल्बर्टले जेठो छोरा फिलिपलाई आगामी जुलाइ २१ गते बेल्जियमको राष्ट्रिय दिवसका दिन राजा बनाउने गरी राजगद्दी त्याग्ने निर्णय गरेको जनतालाई जानकारी गराए ।

२० वर्ष राजगद्दीमा रहेका राजा अल्बर्टले स्वास्थ्यको कारणले गद्दी त्याग गर्ने इच्छा व्यक्त गरेका हुन् । उनका दाजु राजा बउदिन निःसन्तान भएपछि अल्बर्ट सन् १९९३ मा राजा बनेका थिए ।

तिन महिना अघि यस्तै प्रकारको घटनामा छिमेकी अधिराज्य नेदरल्याण्डस् की महारानी बेत्रिसले राजगद्दी त्यागी उनका छोरा विलेम-अलेक्जान्डर गद्दीनासीन भएका थिए ।

बेल्जियमका राजा ‘सेरेमोनियल किङ’ हुन् । डच र फ्रेन्चभाषीको द्वन्दले विभाजित मुलुक बेल्जियममा राष्ट्रिय एकताका प्रतिकका रूपमा राजतन्त्रलाई लिइन्छ ।