५३ हजारले उत्तर दिएपछि पत्ता लाग्यो बेल्जियनहरूको लिङ्गको अाैसत साइज

बेल्जियमको टि.भी. च्यानल VRT को ‘अोक खेतेस्त अप मेन्सन'(मान्छेमा पनि टेस्ट गरियो) कार्यक्रमले ब्यापक रूपमा गरेको सर्वेपछि बेल्जियन फ्लेमिशहरूको अाैसत लिङ्गको साइज पत्ता लागेको छ । सर्वेमा केटाहरूले फूर्ति गरे अनुसार, १५.४ सेन्टीमिटरको अाैसत नतिजा छ । तर तिनका महिला पार्टनरले नाप्दा १४.५ सेन्टीमिटर रहेको पाइएको छ । यो लिङ्ग मापन कार्यक्रममा ५३ हजारले उत्तर दिएका थिए ।

penis mythयसअघिको तथ्याङ्कमा बेल्जियममा अाैसत लिङ्गको साइज १४ सेन्टीमिटर मानिदै आएको थियो । सो टि.भी. कार्यक्रममा बोल्दै लुभेन युनिभर्सिटी अस्पतालमा कार्यरत युरोलोजिस्ट हुबर्त क्लाएसले बताए- ‘अाैसतमा मान्छेको उत्तेजित लिङ्ग १२ देखि १५ सेन्टीमिटर लामो हुन्छ । जुन पूर्णतया सामान्य हो ।’

सर्वेमा (कम उमेरका) किशोर-किशोरीहरूले अाैसत लिङ्गको साइज बढी हुने भ्रम पालेको तथ्य पत्ता लागेको छ ।