बिद्या चापागाईं साझा सवालको पहिलो महिला प्रस्तोता|

timthumbकाठमाडौं , बिबिसी मिडिया एक्सनको कार्यक्रम ‘साझा सवाल’ का लागी विद्या चापागाइँ नयाँ प्रस्तोताको  रुपमा छानिएकी छन्।नारायण श्रेष्ठको बहिर्गमनपछि रिक्त रहेको प्रस्तोतामा विद्या चापागाइँ भएको बिबिसीले जनाएको छ| नारायण श्रेष्ठको बहिर्गमनपछि साझा सवाल नयाँ प्रस्तोता चयन नहुन्जेल रवीन्द्र मिश्रले चलाउँदै आएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी विद्या नर्वेको ट्रोम्सो विश्वविद्याालयमा शान्ति तथा द्वन्द्व रुपान्तरणमा स्नातकोत्तर अध्ययनरत छन् |इक्वेल एक्सेस र बिबिसी नेपाली सेवामा समेत काम गरिसकेकी चायागाईँ साझा सवालकै प्रोड्युसरका रुपमा तीन वर्षसम्म काम गरेकी थिइन्।

बिबिसी मिडिया एक्सनले नयाँ प्रस्तोताको लागि आवेदन मागेको थियो। नयाँ प्रस्तोतामध्येबाट अन्तिम चरणमा छानिएका तीन जना( कमलकुमार, पवनराज पौडेल र विद्या चापागाइँ) बाट मंगलबार उनी छानिएकी हुन्।

साझा सवालको पहिलो महिला प्रस्तोता चापागाईंको पहिलो कार्यक्रम आगामी असार २२ गते आइतबार राति ९ बजे बिबिसी नेपाली र कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ।उनको पहिलो कार्यक्रम दाइजो प्रथा र त्यसले समाजमा ल्याएको विकृतिका विषयमा रहेको बीबीसी साझा सवालले जनाएको छ।

नेपालमा साझा सवाल सञ्चालन भएको सात वर्ष भइसकेको छ।साझा सवालको निर्माता बिबिसी मिडिया एक्सन बिबिसीको विकाससम्बन्धी अन्तरराष्ट्रिय गैरसरकारी संस्था हो।