बागलुङमा बन्जीजम्पिङ स्थल निर्माण सुरु

baglungसहासिक पर्यटकलाई आकर्षित गर्न बागलुङमा बन्जी जम्पिङ् पुलको निर्माण सुरु गरिएको छ । बागलुङको नारायणस्थान र पर्वतको कुश्मा बजार जोड्नेगरी पुल निर्माण गरेर बन्जी जप्प सञ्चालन गर्ने तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टीप्रपोज प्रा.लि.ले आफ्नै लगानीमा पुल निर्माणको कामलाई अगाडि बढाएको छ ।
कुश्मा–बलेवा जोड्नेगरी कालीगण्डकी नदीमा १२ करोड रुपैयाँको लागतमा पाँच सय ३५ मिटर लम्बाई र दुई सय २५ मिटर उचाईको पुल निर्माण गरी बन्जी जम्प निर्माण गर्न सुरु गरिएको छ । अहिलेसम्म कुश्मातर्फ फाउण्डेसनको काम सकेर बलेवा क्षेत्रमा काम गर्न थालिएको छ। बागलुङमा निर्माण गर्न लागिएको बन्जीजम्प पुल विश्वकै दोस्रो अग्लो पुल हुने कार्कीले बताउनुभयो ।
कम्पनीले बन्जी खेल्न आउँने पर्यटकहरुका लागि रिसोर्ट समेत निर्माण सुरु गरेको छ । जसका लागि पर्वतको कुश्मा बजारको छउमा बन्जी पुल निर्माणका लागि चार आना र रिसोर्ट निर्माणका लागि वागलुङ क्षेत्रको नारायणस्थानमा १६ रोपनी जग्गा खरिद गरिसकिएको छ । बन्जी खेल विश्वकै साहसिक खेल भएकाले त्यसको प्रवद्र्धनका लागि कालीगण्डकी नदी माथिको भेग अति उत्तम भएकाले पुल निर्माणको कामलाई अगाडि बढाइएको छ । सुरुमा भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइएकाले बन्जी खेलका बारेमा अन्य तयारी नगरिएको प्रा.लि.ले जनाएको छ ।
बन्जी जम्प निर्माण गर्न थालिएको ठाउँ बलेवा एयरपोर्ट नजिकै भएकाले पुल निर्माणले एयरपोर्ट सञ्चालनमा समेत सहजता आउँने स्थानीयले आशा गरेका छन् । बलेवा क्षेत्रमा एयरपोर्ट, मुस्ताङ– बुटवलसँग सिधा यातायातका लागि कालीगण्डकी करिडोर, पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण हुन थालेकाले बन्जी जम्पको प्रवद्र्धनमा सहजता आउँने स्थानीयले बताएका छन  ।
बलेवा–कुश्मा क्षेत्रको पर्यटक विकासका लागि यस अगाडि सोही ठाउँमा यान्त्रिक पुल, कुश्मा–बलेवा जोड्ने झोलुङ्गेपुल, बलेवा विमानस्थल सञ्चालनका लागि पहल, बलेवाको भैरवस्थान मन्दिरको व्यवस्थापनका कामहरु भइरहे्का छन् ।