बागलुङको करलिम गाउँ बन्यो ‘रेमिट्यान्स भिलेज’

baglung_districtगाउँका प्राय: सबै युवा विदेश गएर रकम पठाउन थालेपछि यहाँको एउटा गाउँको नामै परिवर्तन भएको छ। जिल्लाको बिहुँ गाविसको करलिम गाउँमा मासिक करिब दुई करोड रकम विप्रेषणको रूपमा आउन थालेपछि यो गाउँ ‘रेमिट्यान्स भिलेजको’ रूपमा चिनिन थालेको छ।
वित्तीय कारोबार गर्ने संस्थासमेतले यो गाउँमा दैनिक घरदैलो अभियान चलाएपछि करलिमलाई रेमिट्यान्स भिलेज भन्न थालिएको हो। एक सय ८० घरधुरी रहेको करलिम गाउँका अधिकांश युवा विदेश गएर ठूलो मात्रामा रकम भित्र्याएका हुन्। -अन्नपूर्ण पोस्ट