बागलुङका यूवा सभ्य समाज निर्माण अभियानमा

बागलुङका यूवाले बजारक्षेत्रमा धुम्रपान, मध्यपान, सुर्तिजन्य बस्तुको प्रयोग विरुद्ध अभियान थालेका छन् । युवाहरूको प्रयासमा स्थापना भएको सेभ द युथ नामक सामाजिक संस्था मार्फत लागुपर्दाथ दुब्र्यसन विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेका छन् ।baglung ka yuwa

‘युवापुस्तालाई लक्षित गरे कार्यक्रम गरिरहेका छौ । हाम्रो अभियानले सभ्य समाजको निर्माण गर्ने छ’ संस्थाका अध्यक्ष मनीष रायमाझीले भने । संस्था स्थापना भएको दुईमहिना भित्र लागुपर्दाथ, लागुऔषधको प्रयोगबाट ब्यक्ति, परिवार र समाजलाई पर्ने नकारात्मक असर, यसको रोकथामका लागि गर्नुपर्ने प्रयास, बजार अनुगमनका साथै विद्यार्थीको सहभागितामा प्रचारप्रसार समेत गरिएको छ ।

‘विद्यार्थीकै सहभागितामा अभियान चलाइरहेका छौ । जसमा अभिभावकले समेत साथ दिनुभएको छ’ संस्थाका सचिव विशाल पौडेलले भने । उनका अनुसार बजारभित्र सञ्चालित केही चियापसल दुब्र्यसनी जन्माउन अखडा बनिरहेकाले त्यसलाई हटाउन आवश्यक रहेको बताए । नेपाल सरकारले सार्वजनिकस्थलमा धु्रमपान गर्न प्रतिबन्ध लगाएपनि कार्यान्वयन पक्ष फितलो रहेको अवस्थामा संस्थामार्फत सार्वजनिक स्थलमा धुम्रपान निषेध, १८ बर्षमुनीका बालबालिकालाई ध्रमपान र मध्यपानजन्य बस्तुको विक्रीवितरण, प्रयोगमा रोक लगाएतका अभियानमुखी कार्य समेत सञ्चालन भइरहेको छ ।

युवाहरुको प्रयासमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गैरसरकारी संस्थाका साथै प्रवासमा रहेका युवाहरुले समेत सहयोग गरिरहेका छन् पहिलो चरणमा युवालाई कुलतबाट मुक्त गराउने, फस्न नदिने गरी विद्यालय देखि बजारसम्म विभिन्न कार्यक्रम गर्ने तथा सरसफाई तथा जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने सेभ द युथले जनाएको छ ।

संस्थाको केन्द्रिय कार्यालय बागलुङमा रहने गरी म्याग्दी, पर्वत लगाएत विभिन्न जिल्लामा शाखा विस्तारको योजना समेत बनाइएको छ । नार्कोनन नेपालका अनुसार बर्षेनी नेपालमा दुब्र्यसनीमा भस्ने युवाको संख्या बढ्दै गइरहेको छ ।

-हरिकृष्ण गौतम