बन्ला त नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम ?

बंगलादेशमा नेपाली खेलाडीहरुले ऐतिहासिक बिजयको शुरुवात गरेसँगै नेपाली क्रिकेट पारखी तथा प्रंशसकहरुले अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको माग गर्न थालेका छन्। नेपाली क्रिकेटरहरुलाई हौस्याउने तथा उनीहरुको प्रशंसामा शब्द खर्च गर्दै आएका नीति निर्माता तथा सरकारका मन्त्री तथा अधिकारीहरुलाई नेपाली क्रिकेटका प्रशंकहरुले अब क्रिकेटको बिकासको लागि काम गर्ने बेला भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन समेत थालेका छन्।

बंगलादेशमा नेपाली क्रिकेटहरुले देशका लागि खेलेको जस्तै नेपाली क्रिकेटहरुको खेलस्तर उकास्न राज्यले पनि लगानी गर्ने आवाज बंगलादेशमा नेपालको विजयी शुरुवातसँगै सघन रुपमा उठेको छ। सरकारले ल्याउने तयारीमा रहेको न्यूनतम साझा कार्यक्रम आउनुअघी त्यसैमा समावेश गर्नेगरि क्रिकेटको विकासको लागि राज्यलाई लगानी गर्न क्रिकेट प्रशंकहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।

काठमाडौं किर्तीपुरको क्रिकेट खेल मैदान। अन्तराष्ट्रिय स्तरको खेल खेलाउने नेपालमा हाल यो मात्र मैदान रहेको छ। यो मैदान पनि सबै अन्तराष्ट्रिय क्रिकेट मैदानको मापदण्ड अनुसारको छैन।
काठमाडौं किर्तीपुरको क्रिकेट खेल मैदान। अन्तराष्ट्रिय स्तरको खेल खेलाउने नेपालमा हाल यो मात्र मैदान रहेको छ। यो मैदान पनि सबै अन्तराष्ट्रिय क्रिकेट मैदानको मापदण्ड अनुसारको छैन।

सामाजिक सञ्जालमा धेरैजसो देखिइरहने नेता तथा मन्त्रीहरुलाई सर्वसाधारणदेखि सामाजिक जीवनका ख्यातीप्राप्त व्यक्तिहरु पत्रकारहरु सबैले सरकारको न्यूनतम साझा कार्यक्रममा क्रिकेटलाई उचित स्थान दिदै अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन ध्यानाकर्षण गराएका हुन।

यस क्रममा धेरै सरकारका अर्थमन्त्री डा रामशरण महतलाई सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउनका लागि खुलरै माग गरे। अर्थमन्त्री महत नेपाली क्रिकेटरहरुलाई खेल हुनु अगाडीदेखिनै हौस्याइरहेका थिए। महतले नेपाली खेलाडीहरुलाई जितेपछि बधाई दिए। भारतीय सञ्चारमाध्यममा नेपाली क्रिकेटको कभरेज देखेर खुसी व्यक्त गरे। हुन पनि भारतीय मात्र होइन अन्तराष्ट्रिय सञ्चारमाध्यममा समेत नेपाली क्रिकेटरहरुको चर्चा र विजयको खवर आएको थियो । संसरभर नेपालीहरु आफ्नो देशको खुसीको समाचार देखेर उत्साहित हुनुसँगै हौसिरहेका थिए।

संसारभरका नेपालीहरु नेपाली क्रिकेटरहरुको खेलबाट एकटकले जोडिएका थिए। सबैको मुखमा नेपालको विजय कामना थियो। यस्तो भावना विरलै पाइन्छ। त्यो विरलै पाइने भावना पाएको वेलामा क्रिकेटहरुको लागि मात्र होइन देशकै लागि महत्व राख्ने अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन नेपालीहरुको भावना देखिएको छ।

खेलकुदका अन्य खेलहरुसँगै क्रिकेटमा बिशेष चासो राख्ने सभासद गगन थापाले रामशरण महतलाई ट्वीटमै सोधे सबै नेपालीहरुले अपेक्षा समेत गरेको वेलामा के हामी सरकारका तर्फबाट अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउने विषयमा सार्वजनिक घोषणा गर्न सक्दैनौ। छलफलमा एमाले नेता शंकर पोखरेल पनि थपिए। नेताहरुलाई सामाजिक सञ्जालमा क्रिकेट पारखिहरुले वहशमा निम्त्याइरहेका थिए। उनीहरुको प्रतिक्रिया पनि लिन चाहिरहेका थिए।

रामशरण महतले थापा लगायतलाई ट्वीटमै जवाफ दिए अबस्य, कसर बाँकी राखिने छैन। अन्य थुप्रै व्यक्तिहरु छलफलमा थिए। उनीहरुको सकारात्मक पहल पनि महतलाई यो निर्णय गराउन पहल गर्ने कुरामा प्रेरित गरिरहेको थियो। हुन पनि एउटा खेल्न लायक क्रिकेट स्टेडियम नभएको वेलामा त्यसका लागि बजेट बिनियोजन गर्न अर्थमन्त्रीको ठूलो भुमिका रहन्छ। विकास बजेट समेत खर्च नभएको अवस्थामा यो एउटा सकारात्मक पहल हुन सक्ने देखिएको छ।

अर्थमन्त्रीको सकारात्मक प्रतिक्रिया पछि व्यवसायी कर्ण शाक्य खुसी भए खुसीमा पत्रकार दिपक भट्टराईले थपे नेपालमा विश्वस्तरको क्रिकेट स्टेडियम बन्ने कुरा न्यूनतम साझा कार्यक्रममा आउने देखियो। हेरौ अर्थमन्त्रीको यो प्रतिक्रियाले कत्तिको मुर्तरुप लिनेछ।