फ्रान्सका सभामुखलाई नाकाबन्दी विरुद्व ज्ञापनपत्र

France-Parlyment-Chairmanभारतको तीन महिनादेखिको अघोषित नाकाबन्दीको विरोधमा फ्रान्सेली संसदका सभामुख क्लाउड बार्तोलोनलाई ज्ञापनपत्र बुझाइएको छ। एनआरएन फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले नेपाली समुदायको तर्फबाट ज्ञापनपत्र बुझाउदै लामो समयको नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको र सार्वभौम राष्ट्रमाथि भारतको गैर कुटनीतिक व्यवहार अन्तर्राष्ट्रिय सन्धि विपरित रहेको जानकारी गराएका थिए। पेरिसस्थित ओभरभिलिए नगरपालिकाको कार्यक्रममा उपस्थित सभामुख संग अर्यालले भेट गरेका थिए।

फोटो/ निर्मल अर्याल