‘फेस अफ प्युरिटी’ को फाइनलिष्टमा नेपाली नर्स

लन्डनस्थित रोयल लन्डन हस्पिटलमा कार्यरत नेपाली नर्स प्रसुना कंडेल ‘फेस अफ प्युरिटी २०१३’ व्युटी पेजेन्टको एडल्ट फाइनलिष्ट (टप टेन) भित्र पर्न सफल भएकी छिन् । मिस साइवरफेस यूकेले चौंथो पटक गर्न लागेको उक्त वृहत पेजेन्टमा सहभागी भएर टप टेनभित्र पर्ने उनी पहिलो नेपाली हुन् । उक्त पेजेन्टको अन्तिम प्रतिष्पर्धा आगामी शनिवार बेलायतको दि प्रिन्सेस् रोयल स्पोर्टस् कम्प्लेक्स् विलिङटन, सोमरसेटमा हुंदैछ । उक्त दिन टिन, जुनियर र मिनीबीच पनि प्रतिष्पर्धा गराइने कार्यक्रम छ । कंडेलले आफ्नो व्यक्तिगत सौन्दर्यता प्रदर्शन भन्दा पनि अन्तर्राष्टिय स्तरमा नेपाल र नेपालीको नाम उंचो राख्ने उद्देश्यले प्रतियोगितामा भाग लिएको जनाइन् ।

Prasuna1‘म आफू राम्रो नराम्रो भन्दा पनि देशकै इज्जत बढाउन यसमा भाग लिएकी हुं’, उनले भनिन् । उनले फेसबुकको तल उल्लेखित लिंक भित्र गएर ‘लाइक’ गरि पव्लिक भोटिङ मार्फत मिस पिपुल्स् च्वाइस उपाधि जिताइदिन पनि अपिल गरेकी छिन् । यसमा भोटिङको समयसीमा यही शुक्रवारसम्म मात्र छ । प्रतियोगिता नजिकिंदै गर्दा झन् उत्साहित देखिएकी प्रसुनाले अन्तिम प्रतिष्पर्धा हुने दिन कार्यक्रम स्थलमा सहभागी भएर थप हौसला प्रदान गरिदिन सोमरसेटवासी नेपालीमा आग्रह समेत गरेकी छिन् । उक्त व्युटी पेजेन्टमा मिस च्यारिटी अवार्ड, मिस पिपुल्स् च्वाइस, मिस पव्लिसिटी, मिस फोटोजेनिक लगायत ९ विद्यामा उपाधि प्रदान गरिने छ । नेपलिज नर्सेस् एसोसिएसन यूकेकी महासचिव समेत रहेकी कंडेलले उपाधि जितेमा अक्सफाम च्यारिटीसंग मिलेर च्यारिटी काम गर्ने उद्घोष गरेकी छिन् । अक्सफामले नेपालसहित विश्वव्यापी रुपमा च्यारिटी काम गर्ने गर्छ । बेलायतको नेपाली समुदायमा परिचित प्रसुनाको सामाजिक काममा निरन्तर संलग्नता छ ।