फूटवल हेर्न बेल्जियमका राजा ब्राजिलमा |

1985963172रसिया विरुद्व बेल्जियमको खेल हेर्न बेल्जियमका राजा फिलिप आफ्नी पत्नी माथिल्दे,रक्षा र परराष्ट्रमन्त्रीका साथै बेल्जियन राष्ट्रिय फुटबल टिमका केहि सदस्यहरु  सहित ब्राजिल पुगेका छन्|बाह्र वर्ष पछी वर्ड कपमा फर्केको बेल्जियम आज ब्राजिलको माराकाना रंगशालामा रुस विरुद्व खेल खेल्दैछ|३ अंकका साथ समुह एचमा रहेको बेल्जियमले जुन १७ मा भएको खेलमा अल्जेरियालाई २-१ ले हराएको थियो|

खेल समापन पश्चात रियो द जेनेरीयो होटलमा राजाले बेल्जियन खेलाडीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको बेल्जियमको फ्लान्दर्स न्युजमा जनाईएको छ
|

फोटो /फ्लान्दर्स न्युज