प्रियंकालाई ‘अन्डरगार्मेन्ट’ देखाउनुपर्ने शर्त अमान्य

नायिका प्रियंका चोपडा बलिउडका अहिलेकी उम्दा नायिका हुँन्। उनको डिमान्ड चारैतिर छ। तर उनले यहाँसम्म आइपुग्न सानो संघर्ष भने गरेकी छैनन्। यसै क्रममा उनले आफूले जीवनमा भोगेको एक रहस्य खुलासा गरिदिएकी छिन्।
Priyanka_Chopra_Wardrobe_Malfunctionप्रियंकाले फिल्ममा आफ्नो करिअर निर्माण गर्दै थिइन्। उनी त्यसबेला विभिन्न मान्छेको संगतमा पुग्थिन्। त्यसै सिलसिलामा उनी एक निर्देशकको सम्पर्कमा पुगिन्। ती निर्देशकले प्रियंकालाई एक फिल्ममा खेलाउने त भए तर सर्त थियो– प्रियंकाले भित्री वस्त्र देखाउनुपर्ने। तर प्रियंकाले त्यसलाई ठाडै अस्वीकार गरिन् र फिल्मै खेलिनन्।
‘मेरो जीवनकै कहाली लाग्दो क्षण हो त्यो। मलाई फिल्मप्रति धेरैभन्दा धेरै दर्शकलाई आकर्षित गर्नका लागि एक निर्देशकले मेरो अन्डरगार्मेन्ट देखाउनुपर्ने बताए। म आश्चर्यमा परें। त्यसपछि मैले त्यो फिल्म नै छोडिदिएँ।’ –प्रियंकाले भनेकी छिन्। ट्विटरमा यस्तो लेखेकी उनले ती को निर्देशक थिए भन्नेचाहिँ खुलाएकी छैनन्।