प्रवासी मंच बेल्जियममा नयाँ नेतृत्व

नेकपा एमाले निकट प्रवासी मंच बेल्जियमको पाचै अधिबेशनले बोधराज पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रंजन सिंखडा,कृष्ण दाहाल र महिला तर्फ ईशा गुरुङ ,महासचिवमा चन्द्रप्रकाश शर्मा, सचिवमा रुद्रमणि लम्साल, रमेश कंडेल र महिला तर्फ हरी भट्टराई, कोषाध्यक्षमा मुना केसी निर्वाचित भएका छन।13255970_10207969208300204_8972361087988100156_n
सोमवार बेल्जियमको अन्त्वेर्पेनमा नेकपा एमाले केन्द्रिय सदस्य एंव युरोप इन्चार्ज रामकुमारी झाक्रीको उपस्थितिमा २२ सदस्यको लागी निर्वाचन भएको थियो। क्षेत्रीय प्रतिनिधि, महिला, जनजाती, दलित कोटाबाट मनोनयन गर्ने गरी मंचको ३३ सदस्यीय समिति रहेको छ।  नारायण अधिकारी युरोप प्रतिनिधिमा चयन भएका छन।