प्रवासमा मृत्युपछि परिवारलाई बागलुङमा एक लाख राहत प्रदान

baglung mapबैदेशिक रोजगारीका क्रमममा बहराईनमा मृत्यु भएकाको परिवारलाई बागलुङमा राहत प्रदान गरिएको छ ।

अमरभुमि गाबिस १ माझखर्कका धनबहादुर घर्ती रोजगारीको लागि बहराइन गएको एक बर्ष नबित्दै मृत्यु भएपछि परिवारलाई एक लाख भन्दा बढि राहत रकम प्रदान गरिएको हो । घर्तीको गत जेष्ठ ३० गते मृत्यु भएपछि उनको परिवालाई बहराइन सेवा समाजले राहत प्रदान गरेको हो ।

बहराइन समाज मार्फत बागलुङ सेवा समाज बहराइनले मृतक घर्तीकी श्रीमती गंगादेबी घर्तीलाई एक लाख ५ हजार ७ सय २७ रुपैया राहत स्वरुप बितरण गरेको हो । तीन बर्ष अगाडि फर्केर घर आएका घर्ती पुन रोजगारीको लागि बहराइन गएका थिए । घर्तीका एक श्रीमती सहित दुई छोरा छोरी रहेका छन् ।