प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका लागि समारोह समिति गठन

हाम्रो sahityaअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही मार्च १ र २, २०१४ मा न्यूयोर्कमा प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह गठन गरिएको छ । जसमासीता पाण्डे, गंगा लिगल, आचार्य प्रभा, भगवती बस्नेत, मिना शाक्य, सावित्री श्रेष्ठ, जोत्सना राना, संचिता शर्मा, राधा बस्नेत, हरिमाया भेटवाल, बिष्णुमाया परिवार, बिष्णु थापा, कमला ओली, उषा शेरचन, बुना दाहाल, सीता खरेल, कविता पौडेल, डा अर्चना कट्टेल, भारती सिलवाल गिरी, दीप्स शाह, मनु लोहरुंग, दीपा पुन राइ, रेणु सुबेदी, रेणु सापकोटा, नर्बदा क्षेत्री, पेम्बा शेर्पा, पबिता परिवार, कमला सरुप, निलम कार्की निहारिका, राधा पौडेल, उषा शर्मा, सपनाश्री आदि रहनु भएको छ । यसै गरि अनेसास न्यूयोर्क च्याप्टरकी महासचिव बन्दना कोइरालाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ । जसमा विकास बिष्ट सदस्य सचिब रहनु भएको छ भने सदस्यहरुमा राधेश्याम लेकाली, डा. बिध्यराज सुबेदी, पदम बिश्वकर्मा, पूनम काफ्ले, ज्योती पौडेल, धनिराम सापकोटा, गोबर्धन पूजा, राम खत्री, मिठु थापा, गीता पन्थ र बुद्ध चेमजोंग रहनु भएको छ ।
सम्मेलन भब्य रुपमा सम्पन्न गर्न एक सल्लाहकार समिति गठन पनि गरिएको छ । उक्त समितिमा होमनाथ सुबेदी, गीता खत्री, डा. खगेन्द्र लुइंटेल, डा. बानिरा गिरी, डा. ज्ञानु पौडेल, इन्दिरा प्रसाईं, श्रीमती गीता केशरी, डा. सरोज कोइराला, उन्नती शिला बोहोरा र प्रेम राजा महत रहनु भएको छ । यसका अतिरिक्त सम्मेलन भब्य र व्यवस्थितरुपमा आयोजना गर्न आर्थिक ब्यबस्थापन समिति, प्रचार प्रसार समिति, वेभ समिति, अतिथि सत्कार समिति, हल ब्यबस्थापन समिति र प्रकाशन समिति समेत गठन गरिएको छ ।
– पदम विश्वकर्मा