प्रचण्डको बटमलाइन संघर्ष

प्रचण्डले बोल्दा गर्जे जस्तो हुन्थ्यो पहिले । उनका लडाकू भन्छन्- प्रचण्डको भाषण सुने मरेको मान्छे पनि बिउँझला झैं लाग्थ्यो रे !

prachanda_speaksसार्वजनिक राजनीतिमा आएपछि  प्रचण्डको अोज क्रमशः घटेको छ । उनको बोलीमा विश्वास, भरोसा छैन भन्ने जनमत बाक्लिंदै गएको छ । आफ्नो पक्षमा राम्रो बहुमत भएको संविधान सभालाई उपयोग गरेर संविधान निर्माण गर्नुभन्दा सत्ताको खेलमा लाग्दा दोस्रो संविधानसभामा उनको स्वर र वजन घट्यो । त्यसमा पनि चोइटिएको वैद्य समूह र पार्टीभित्रैका प्रकाश र बाबुरामले उनलाइ राम्ररी साइजमा राखीदिएका छन् ।  अहिले उनी आफ्नो भूमिका खोज्दैछन् ।

अहिले फेरि उनी आन्दोलनका कुरा गर्न थालेका छन् । यति मात्रले नपुगेर बंकर र विद्रोहका चर्का धम्की पनि दिंदैछन् । खासमा, प्रचण्ड अहिले आफ्नो बटमलाइनका लागि संघर्ष गर्दैछन् । उनको बटमलाइन प्रष्ट हुनु संविधान बनाउने अध्यासका लागि राम्रै पक्ष हो । यो बटमलाइनले उनलाइ कति अड्याउला ? अविश्वसनीय बन्दै गएको उनको व्यक्तित्व कति अडिएला ? उनका विरोधी र प्रशंषक सबैका निम्ति चाखको विषय रहिरहेको छ ।