प्रकाशमानको मतदाता सम्पर्क कार्यालय खुल्यो,गगन थापाले चाबहिलमा खोल्दै

नेपाली काँग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र न १ बाट विजयी सभासद् प्रकाशमान सिंहले आजदेखी मतदाता सम्पर्क कार्यालय सञ्चालन गर्नुभएको छ । काठमाडौंको बिजुली बजारमा रहेको सम्पर्क कार्यालय सिंहले आज उद्घाटन गर्नुभयो । सो कार्यालयमा आफ्नो क्षेत्रका मतदाताहरुसंग नियमित भेटघाट, सम्पर्क र गुनासोहरु सुन्न आफू स्वंय उपलब्ध हुने सिंहले जानकारी दिनुभयो ।
विकास निर्माणदेखी अन्य राजनीतिक कामहरु लिएर आफूलाई भेट्न सर्वसाधारणहरु अन्यत्र जान नपरोस भनेर सम्पर्क कार्यालय खोलिएको उहाले बताउनुभयो । हरेकदिन निश्चित समय आफू सम्पर्क कार्यालयमा पुग्ने सिंहको प्रतिबद्धता रहेको छ ।

यसअघि संविधानसभा निर्वाचनमा घरदैलो गर्दाको समयमा नै सिंहले मतदाता सम्पर्क कार्यालय खोल्ने प्रतिबद्धता जनाउनुभएको थियो । हरेक दिन निश्चित समय मतदाता सम्पर्क कार्यालयमा बसेर उहाले मतदाताहरुका गुनासा, विकास निर्माणका योजना र सुझावहरु पनि लिने योजना बनाउनु भएको छ ।
prakashman samparka karyalaya
दोस्रो संविधान सभाको निर्वाचन पछि मतदाता सम्पर्क कार्यालय स्थापन गर्ने उहा संभावत पहिलो सभासद् हुनुहुन्छ ।

काँग्रेसकै अर्का नेता तथा काठमाण्डौ क्षेत्र नं. ४ बाट विजयी सभासद् गगनकुमार थापाले पनि सांसदको कार्यालय स्थापना गर्ने घोषणा गर्नु भएको छ । उहाले पनि निर्वाचन अघिको घोषणा कार्यान्वयनका लागी तयारी गरिरहनु भएको जानकारी दिनुभयो । थापाले चाबहिलमा सम्पर्क कार्यालय खोल्दै हुनुहुन्छ ।