पोर्चुगलमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । पाँचथर ईम्बुग ५ का २१ वर्षीय सुरज आचार्य पोर्चुगलको भिला नोभा दि मिलफोन्तेस स्थित समुन्द्रमा भेटिएका हुन् । केहि महिना यता साथीसँगको सम्पर्कमा नआए पछी पोर्चुगलस्थित नेपालीहरुले स्थानीय निकायमा खबर गरेका थिए । खोजीको क्रममा उनलाइ समुन्द्रमा भेटिएको थियो । अपरिचित अवस्थामा रहेको शवलाई लामो समयको परीक्षण पश्चात मृतकको पुष्ठी भएको थियो । मृतक आचार्यको अन्तिम संस्कारको लागी पोर्चुगलका नेपालीहरुले सहयोगको आव्हान गरेका छन ।
पोर्चुगलको अलेन्तेजो क्षेत्रमा बसोवास गर्दै आएका सुरज केहि महिना अघि अध्यायनको शिलशिलामा नेदरल्याण्ड आएका थिए ।