पुनः ब्रसेल्समा आतङ्कवादी हमलाको प्रयास, १२ जना सङ्कास्पद व्यक्ति पक्राउ

बेल्जियमको ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले शनिबारमात्र पक्राउ गरेको समाचार छ । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवाद विरोधी अभियान नै सञ्चालन गरेको छ ।

ब्रसेल्स प्रहरीका अनुसार गएराति यस्ता सङ्कास्पद व्यक्ति भेटिएका हुन् । ती व्यक्तिले राजधानी ब्रसेल्समा हमला गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

खोजी आभियानका क्रममा १२ जना यस्ता संकास्दप व्यक्तिलाई पक्राउ गरिएको जानकारी सो अवसरमा दिइएको थियो । प्रहरीले उनीहरुलाई हिरासदमा लिइएको बताउँदै ती व्यक्तिले ब्रसेल्समा आक्रमणको योजना बनाएको खुलेको पनि जनाएको छ ।

फ्रान्सको राजधानी पेरिस र बेल्जियमको ब्रसेल्समा हमला गर्नेलाई १८ वर्षसम्मको जेल सजाय माग गरिएको केही दिनपछि यहाँ पुनः हमलाको तयारी गरिरहेका बुझिएको छ ।

फ्रान्स र बेल्जियममा केही महिना पहिला आक्रमणमा सम्लग्न रहेको आशङ्का गरिएका चार जनालाई यो कारबाही माग गरिएको समाचारमा जनाइएको छ ।

बेल्जियमका सरकारी वकिलहरुले त्यस हमलामा सम्बन्ध रहेको आरोपमा अनुसन्धान गरिएका चार जनालाई सो जेल सजायको माग गरेका हुन् ।

केही समयअघि फ्रान्सको राजधानी पेरिस र ब्रसेल्समा भएको हमलामा परी दर्जनौँ नागरिकको ज्यान गएको थियो ।

ती आक्रमणमा सम्लग्न रहेको आरोपमा चार जनालाई अनुसन्धान गरिएको छ । पेरिस र ब्रसेल्समा भएका आतङ्कवादी आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ ।

ती आक्रमणमा सम्लग्न केहीको सोही समयमा नै ज्यान गएको थियो भने अरु केहीलाई पक्राउ गरी अनुसन्धानका क्रममा राखिएको छ । रासस÷एपी