पिके बार्सिलोना क्लबका अध्यक्ष हुनेछन् : साकिरा

कोलम्बियन पपस्टार साकिराले आफू एक दिन स्पेनिस क्लब बार्सिलोनाको ‘फस्र्ट लेडी’ बन्ने बताएकी छिन् । साकिराले आफ्ना प्रेमी पिके क्लबको अध्यक्ष बन्ने र आफू क्लबको फस्र्ट लेडी बन्ने बताएकी हुन् ।

Shakira, Sarah Silverman, Gerard Piqueस्पेनिस डिफेन्डर पिके स्वयंले पनि केही महिनाअघि आफू एक दिन क्लबको अध्यक्ष बन्ने बताएका थिए । उनले भनेका थिए, ‘कसलाई थाहा छ र ? सायद म एक दिन बार्सिलोनाको अध्यक्ष बन्छु कि ?’

आफ्नै प्रेमी पिकेको भनाइलाई पछ्याउँदै साकिराले पनि हालै बोकास म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा पिके क्लबको अध्यक्ष बन्ने बताइन् । उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘मलाई यो लागिरहेको छ कि एक दिन जेराड बार्सिलोनाका अध्यक्ष बन्नेछन् र म क्लबको फस्र्ट लेडी बन्नेछु ।’

बार्सिलोना तथा स्पेनका राइट डिफेन्डर पिके र साकिरा केही समययता नजिकको सम्बन्धमा छन् । उनीहरूको एक छोरासमेत भइसकेको छन् । साकिराले पिकेले तत्काल सन्न्यास भने नलिने बताएकी छिन् । २६ वर्षीया साकिराले भनिन्, ‘उनले पिचमा अझै धेरै उपलब्धि चुम्न बाँकी छ, तर जब बिदा लिनेछन्, त्यसपछि उनी क्लबका अध्यक्ष बन्नेछन् ।’

घरेलु स्पेनिस लिग फुटबलमा बार्सिलोना उपाधि होडमा एट्लेटिको म्याड्रिडसँग पछि परेको छ । त्यसैले पिकेसामु क्लबलाई उपाधि होडमा फर्काउनुपर्ने दायित्व रहेको छ । साथै युरो र विश्वकप च्यम्पियन स्पेनका नियमित र महत्त्वपूर्ण सदस्य उनीसामु डेढ महिनापछि ब्राजिलमा सुरु हुने विश्वकपको उपधि रक्षा गर्नुपर्ने चुनौती पनि रहेको छ