पारसलाई भेट्न हिमानी आज थाइल्यान्ड जाँदै

लागूऔषध कारोबारको आरोपमा करिब ढेढ महिनादेखि थाइल्यान्ड उदुङखानीमा जेलजीवन बिताइरहेका पूर्वयुवराज पारसलाई भेट गर्ने योजनाका साथ पूर्वयुवराज्ञी हिमानी आज बिहीबार थाइल्यान्ड जानुहुने भएको छ। जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयंले दुःख व्यक्त गरेपछि उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो।
paras-shah_himani_shahपारसलाई सहयोग गर्न धीरेन्द्र पुत्री दिलासा थाइल्यान्डमै रहे तापनि आर्थिक आभाव र मुद्दा फैसलाका लागि रकम व्यवस्था गर्ने गरी पारस पत्नी हिमानी थाइल्यान्ड जान लाग्नुभएको उच्च स्रोतले जनाएको छ। उहाँ आज १ बजे थाई एयरलाइन्सबाट थाइल्यान्ड जान लाग्नुभएको हो।
थाइल्यान्डबाट करिब ८ सय किलोमिटर टाढा लावसको जेलमा रहनुभएका पारसले केही नेपाली भेट गर्न जाँदा आफूलाई परिवारका मान्छे भेट गर्न नआएको गुनासो पोखेपछि नेपाली र आफन्तको आग्रहअनुसार पारस पत्नी हिमानी थाइल्यान्ड जान लाग्नुभएको पारिवारिक स्रोतले जनाएको छ। जेलमा रहनुभएका पारस थाइल्यान्ड प्रहरीले करिब तीन महिनाअघि सार्वजनिक गरेको तस्वीरमा भन्दा मोटाएको देखिएको छ। निजी वकिल साक्छाइले १ लाख ८७ हजार भाट जमानत स्वीकार नगरेका कारण जेलमा बस्दै आएका पारसले अहिले वकिलसँग त्यहाँका सहयोगी नेपालीमार्फत भेट गर्ने प्रयास गरिरहनुभएको छ। पारसको मुद्दाको किनारा लगाइने समयमा परिवारले वकिलको रकम नदिएका कारण वकिलले मुद्दा नहेरेको स्रोतको दाबी छ। थाइल्यान्डको कानुनमा वकिल जमानत बन्ने उल्लेख छ।
लामो समयदेखि पारसको मुद्दा हेर्दै आएका साक्छाइलाई बेवास्ता गरेका कारण पारसले जेल सजाय भोग्दै आएका छन्। अहिले वकिलसँग भेट गर्न हदैसम्म प्रयास भइरहेको स्रोतले जनाएको छ। वकिलले आनो मुद्दामा लागेको रकम दिएपछि मात्रै भेट गर्ने अडान राखेपछि पारस परिवारलाई अप्ठ्यारो परेको छ। स्रोतका अनुसार जमानतबापतको रकम उपलब्ध गराउन पारसका आफन्त र प्रेमिका कन्निकाले अस्वीकार गरेका कारण पारसलाई अदालतले जेल चलान गरेको हो। अब १६ दिनपछि अर्थात् फेब्रुअरी २७ तारिखका दिन उदुङथानी अदालतले फैसला सुनाउने भएको छ।
२७ तारिखसम्म वकिल साक्छाइलाई भेट नगराए सो मुद्दाको किनारा लाग्ने सम्भावना कम हुने एक नेपालीले बताएका छन्। तर पत्नी हिमानी र थाइल्यान्ड बस्दै गरेकी बहिनी शिताष्माले वकिल साक्छाइसँग भएको द्वन्द्वको सहजीकरण गर्ने भएका छन्।

करिब १५ लाख भाट खर्च गरेपछि पारस जेलमुक्त हुने भए पनि यसअघि खर्च गर्न कोही तयार नभएका कारण समस्या परेको र अब सो रकम उपलब्ध गराएर जेलमुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
अहिले पारसको अवस्था सुध्रिएको र नेपालमा देखेजस्तै हट्टाकट्टा रहेको उहाँलाई भेट गर्ने नेपालीले बताएका छन्। पारसलाई भेट गर्न केही आफन्त र केही नेपाली जेलमा पुगेका थिए। भेट गर्ने सबै नेपाली र आफन्तसँग उहाँले आफूलाई परिवारले असहयोग गरेको बताउँदै आउनुभएको छ। परिवारले पटकपटक नेपाल ल्याउने प्रयास गर्दा समेत प्रेमिका कन्निकाको कारण नेपाल आउन नचाहेका पारस अहिले जेलबाट छुटेपछि नेपाल आउने चाहना गर्नुभएको बुझिएको छ।
पूर्वराजसंस्थाकै बेइज्जत हुने गरी लागूऔषध काण्डमा फसेपछि अहिले पछुताउन थालेका पारसले अधिकांश समय परिवारको सहयोगको माग गरिरहनुभएको स्रोतले जनाएको छ।
करिब चार महिनाअघि लुङखाइ प्रहरीले अवैध लागूऔषध ५ दशमलव ८ ग्राम आएस र ९ ग्राम गाँजासहित पक्राउ गरेको थियो। प्रहरीले उहाँको साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा पोका बरामद गरेको थियो। प्रहरीले उहाँको साथबाट लागूपदार्थ प्रयोग गरिएको हरियो रंगको प्लास्टिक ट्युब र थप दुईवटा त्यस्तै प्लास्टिकका ट्युबसमेत बरामद गरेको थियो। – समाचारपत्र