पारसलाई कारबाही, कप्तानबाट हटाइयो

 नेपाल क्रिकेट संघ क्यानले टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ ।

Paras-Khadkaक्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

स्रोतका अनुसार पारसले क्यानविरुद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो । क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरित काम गरेको निष्कर्ष निकालेको थियो ।

 

  • Post category:खेल