पप गायक बिष्ट म्युजिक भिडियोमा

नेपाली सांगेतिक क्षेत्रमा पप सम्राटको नामले चिनिने प्रसिद्व गायक ओमबिक्रम बिष्ट म्युजिक भिडियोमा देखिने भएका छन् | ‘आवाज देउ… …..’ नामक प्रसिद्व गीतमा उनले अभिनय गरेका छन् | उनलाई नया कलाकार गौरव पौडेल र योगिता थापाले साथ् दिएका छन् |yogita

भिडियोको छयांकन बेल्जियमको पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा गरीएको छ| भिडियोको छायांकन,सम्पादन तथा निर्देशन कलाकार उज्ज्वल के.सी.ले गरेका छन् |केसीले स्वदेश तथा बिदेशमा गरी थुप्रै गीतमा निर्देशन गरी सकेका छन्| यस अघि नै केसीले गायक रामकृष्ण ढकालको स्वर रहेको ‘ हावाले सुने के भन्ला…’  बोलको गीतमा  मोडेल रामकृष्ण ढकाल ,लिजा के. सी. र रिजा के. सी.ले अभिनय गरेको भिडियोमा समेत निर्देशन गरेका थिए |उक्त भिडियो पनि बेल्जियममा छायांकन गरीएको थियो|केसीले छायांकन हुदै गरेको भिडियो  पूर्वीय तथा पश्चिमी फ्युजनको रुपमा  आउन लागेको बताए |भिडियोमा प्राबिधिक  तथा व्यवस्थापन दयाराम पौडेल र शृंगार तथा भेषभुषा रीता पाण्डे सुवेदीको रहेको छ|gaurab

‘आवाज देउ… ‘ बिष्टको प्रसिद्व गीत हो |यो गीत हिट भएको १२ वर्ष पछि गायक बिष्टले म्यूजिक भिडियो निर्माण गर्न लागेका हुन् |उनि सागेतिक कार्यक्रमको लागी हाल बेल्जियममा रहेका छन् |यहि ६ सेप्टेम्वर शनिवार बेल्जियमको लुभेन स्थित ओन्स हाउसमा बिष्टको एकल पप कन्सर्टको आयोजना गरीएको छ|यसका साथै युरोपका जर्मनी तथा फिनल्याण्डका आयोजना गरीएका कार्यक्रममा समेत बिष्टले आफ्नो प्रस्तुति दिने भएका छन्|om bisht