पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ । लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथ्यता कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय नेताहरू पनि सहभागी भएका थिए ।