पत्रकार महासंघ बेलायतको अधिवेशनमा एनआएन अध्यक्ष शेष घले प्रमुख अतिथि

नेपाल पत्रकार महासंघ बेलायत शाखाको दोस्रो अधिवेसन यसै साता हुने भएको छ । आउँदो मार्च नौं तारिख आइतबारका दिन लण्डनमा हुने अधिवेसनले आउंदो दुई वर्षका लागि शाखाको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेसनमा बेलायतमा क्रियाशिल ८१ जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहने अधिवेसन आयोजक समिति संयोजक चिरन शर्माले जानकारी दिए । अधिवेसनका लागि स्कटल्याण्ड, केन्ट, मेडस्टोन, लिड्स लगायतका शहरहरुबाट पत्रकारहरु लण्डन आउंदैछन् ।
अधिवेसनमा महासंघको केन्दि्रय प्रतिनीधिका रुपमा बिबिसी नेपाली सेवाका पत्रकार भगिरथ योगी सहभागी हुनेछन् । महासंघको महाधिवेसनको मिति पनि नजिकिदै गरेकाले नेपालबाट महासंघको कोही प्रतिनिधी नआउने भएका छन् । अधिवेसनको घोषणसभामा गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घले सहभागी हुने भएका छन् । त्यस्तै उक्त सभामा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनीधि, ब’द्धिजिवी, पेशाकर्मी एवम व्यववसायीको पनि सहभागिता रहने महासंघ युके शाखाले जनाएको छ ।
यसअघि शाखाको नयां कार्यसमितिका लागि कोषाध्यक्ष वाहेक अरु सबै पदमा सर्वसम्मति कायम गरिएको थियो । पत्रकारहरु भगिरथ योगी, नविन पोख्रेल लगायतको पहलमा गरिएको सहमतिअनसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष्य, महासचिव र सचिवमा एक एक जना तथा ७ जना सदस्यको लागि ७ जनाको मात्रै उम्मेदवारी परेको थियो । जसअनुसार अध्यक्षमा चिरन शर्मा सर्वसम्मत भएका छन भने वरिष्ठ उपाध्यमा नरेश खपांगी मगर र उपाध्यक्षमा धर्मराज अधिकारी पनि निर्विरोध भएका छन् । त्यस्तै महासचिवमा श्याम लुइंटेल र सचिवमा लिलामान शेरप’न्जाको पनि एकल उम्मेदवारी परेको छ ।
त्यस्तै ७ जना सदस्यहरुमा छत्र वनेम, राजकुमार थापा, शिव भण्डारी, किरण लिम्बु, शिवराम तिवारी, नृपेश उप्रेती र धु्रवराज अर्याल गरी सात जना मात्रैको उम्मेदवारी दर्ता भएको छ । तर कोषाध्यक्षमा भने देवी गौतम, मिलन शर्मा र देवेन्द्र खारेस राईसहित तीन जनाको उम्मेदवारी परेकाले निर्वाचनबाटै टुंगो लगाइने भएको छ । नयां कार्यसमिति चयनका लागि सोलिसिटर राजु थापाको संयोजकत्वमा पत्रकार भगिरथ योगी र नेपाली टिभीका डाइरेक्टर विजय थापा सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो । सोहि निर्वाचन समितिले कोषध्यक्षका लागि निर्वाचन गराउन’का साथै नया कार्यसमितिको घोषणा र प्रमाणपत्र वितरण गर्नेछ ।
अधिवेसन दुई चरणमा सम्पन्न गर्ने गरी कार्यक्रमहरु तय गरिएको छ । पहिलो चरणमा नयां कार्यसमिति चयन गरिनुका साथै आर्थिक तथा सांगठनिक प्रतिवेदन र विधान संसोधनलगायतका प्रतिवेदनमा छलफल हुनेछ । दोस्रो चरणमा घोषणासभाको कार्यक्रम छ । सो सभालाई गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले सम्बोधन गर्ने भएका छन । एनआरएन युकेको आयोजनमा शनीबार हुने नारी दिवससम्बन्धी कार्यक्रममा सहभागी हुन लागेका अध्यक्ष घलेले आइतबार पत्रकार महासंघको अधिवेसनलाई पनि सम्बोधन गर्ने भएका हुन । शुक्रबार लण्डन आउंदै गरेका अध्यक्ष घले आइतबार सांझ नै अष्ट्रेलिया फर्किने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ ।